सिरहामा एकैदिन ५ फरार अभियुक्त पक्राउ
न्यूज ब्यूरो, सिरहा । सिरहाबाट विभिन्न पाँच मुद्दाका फरार अभियुक्तहरु एकैदिन पक्राउ परेका छन् । सिरहा प्रहरीले विशेष सूचनाको आधारमा लुकिछिपी बसेको अवस्थामा मंगलबार विहान घरबाटै उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिरहाको सिरहा नगरपालिका २ का ६२ वर्षीय धनिकलाल महरा, वडा ९ का ६२ वर्षकै रामचन

२०७६ कार्तिक ५ मंगलबार, राति ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट विभिन्न पाँच मुद्दाका फरार अभियुक्तहरु एकैदिन पक्राउ परेका छन् ।
सिरहा प्रहरीले विशेष सूचनाको आधारमा लुकिछिपी बसेको अवस्थामा मंगलबार विहान घरबाटै उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिरहाको सिरहा नगरपालिका २ का ६२ वर्षीय धनिकलाल महरा, वडा ९ का ६२ वर्षकै रामचन्द्र गडेरी, वडा १९ का २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा ७ का वर्ष २६ का बालकृष्ण मुखिया र वडा ५ की ६० वर्षीया लखिपत देवी साह छन् ।
पक्राउ परेकाहरुमध्ये महरा र मुखिया कुटपिट मुद्दाको फरार प्रतिवादी, गडेरी चोरी मुद्धाको फरार प्रतिवादी, बाल कृष्ण मुखिया र लखिपत देवी साह लेनदेन मुद्दाको फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई आजै जिल्ला अदालत सिरहामा पेश गरिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…