महरालाई थप ५ दिन थुनामा राख्न आदेश, महिलाले यस्तो भनिन् !
संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ ।

२०७६ कार्तिक ३ आइतबार, बेलुकी ७:२६ बजे१ मिनेट पढाइ
संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ ।

२०७६ कार्तिक ३ आइतबार, बेलुकी ७:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो ।
संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ । प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।
महरामाथि यौन दुर्व्यवहारको जाहेरी दिने पीडित महिला आज (आइतबार) अदालतमा उपस्थित भएकी थिइन् । उनले इजलाससमक्ष प्रहरीले करकाप गरेर जाहेरी दिन लगाएको व्यहोराको निवेदन पेश गरेकी छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…