रौतहटमा ग्यास लिक भएर आगलागी, एकै परिवारका ७ घाइते !
स्थानीय प्रहरी तथा स्थानीयहरुको सहयोगमा उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गौर लगिएको छ ।

२०७६ कार्तिक १ शुक्रबार, बिहान १०:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा ग्यास लिक भएर आगलागी हुँदा सातजना घाइते भएका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाको पचरुखी टोलमा स्थानीय राकेश झाको घरमा ग्यास लिक भएर आगो लगेको प्रहरीले जनाएको छ । खाना पकाउने क्रममा एक्कासी ग्यास लिक भई भएको आगलागीमा परी ७ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा दुर्गा भगवती गाउँपालिका ४ का ८ वर्षीय गौतम कुमार मिश्र, १६ वर्षकी करिना मिश्र, १० वर्षका अभिनाष कुमार मिश्र, २७ वर्षीया पुनम मिश्र र ५ वर्षका आरएन मिश्र रहेका छन् ।
स्थानीय प्रहरी तथा स्थानीयहरुको सहयोगमा उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गौर लगिएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको तथा केहीको सामान्य रहेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…