धनुषा : मोसा चोरी आरोपमा एक युवक पक्राउ
यसअघि पनि उनीहरु त्यही वडामा भएको विभिन्न समयमा मोटरसाईकल चोरीमा सँलग्न रहेको पाइएको छ ।
२०७६ असोज ३० बिहीबार, राति १०:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मोटरसाइकल चोरीको आरोपमा एक युवकलाई ईलाका प्रहरी कार्यलय यदुकूहाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरा बस्ने २२ वर्षीय सोनू गोइत रहेको छ भने घटनामा सगंलन सुरेश बिराजी फरार रहेको प्रहरी निरीक्षक दिपक बाबू केसीले जानकारी दिए । प्रहरीका अनुसार स्थानीय जैलुन राइनको घरबाट बुधबार रातीको समयमा स ६ प २७७५ नम्बरको कालो रंगको पल्सर मोटरसाइकल र साइकल चोरी गरेको पिडितले प्रहरी कार्यलमा सोनू गोइत र सुरेश बिराजी विरुद्ध जाहेरी दिएका थिए ।
ईलाका प्रहरी यदुकूहाबाट धर्मबीर पाण्डेको नेतृत्व खटिएको प्रहरी टोलीले चोरीमा संगलन स्थानीय २२ बर्षीय सोनू गोइत पक्राउ परेपनी अर्का एक जना शुरेश बिराजी फरार रहेको प्रहरीले बताए । पक्राउ परेका गोइतलाई सोधपुछ गर्दा उनी साइकल र लत्ताकपडा चोरिएको स्वीकार गरिएको हो चोरिएको सामग्री बिसरभोरा स्थित दुर्गा मन्दिर नजिक लुकाएर राखिएको थिए। उक्त समानहरु प्रहरीले फेला पारेको छ ।
आरोपी सोनू गोर्इतलाई म्याद थपका लागि विहिबार जिल्ला अदालत धनुषाबाट म्याद थप गरी प्रहरी कार्यालय यदुकूहामा राखेर थप अनुसन्धान गरिरहेको तथा फरार अभियुक्तलाई खोजी भैरहेको प्रहरी निरीक्षक केसीले जनाए । यसअघि पनि उनीहरु त्यही वडामा भएको विभिन्न समयमा मोटरसाईकल चोरीमा सँलग्न रहेको पाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुरेन्द्र यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…