लहान नगरपालिकामा मेयर मुनी साहको ‘मनपरी’
सिरहा, २० पौष । नगर कार्यपालिका अन्तरगत गठन हुने समितिहरुमा लहान नगरपालिकाका मेयर मुनी साह ले मनपरी गरिरहेको काँग्रेस तथा फोरमबाट वडा अध्यक्षमा निर्वाचित भएकाहरुले आरोप लगाएका छन् । मेयर साहले कानुन विपरित आफ्नो मानिसलाई समितिका सदस्यमा राख्ने गरेका छन् । नगरका २४ वटै वडा अध्यक्षलाई अधिकांश कार्यमा

२०७४ पुस २० बिहीबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

सिरहा, २० पौष । नगर कार्यपालिका अन्तरगत गठन हुने समितिहरुमा लहान नगरपालिकाका मेयर मुनी साहले मनपरी गरिरहेको काँग्रेस तथा फोरमबाट वडा अध्यक्षमा निर्वाचित भएकाहरुले आरोप लगाएका छन् ।
मेयर साहले कानुन विपरित आफ्नो मानिसलाई समितिका सदस्यमा राख्ने गरेका छन् । नगरका २४ वटै वडा अध्यक्षलाई अधिकांश कार्यमा मेयर साहले सहभागी गराईरहेका छैन् । पुस १८ गतेको कार्यपालिका बैठकबाट एकलौटी निर्णयप्रति काँग्रेस तथा फोरमबाट निर्वाचित भएका १३ वटा वडा अध्यक्षहरुले असहमति जनाउँदै वाहिरएका छन् ।
मेयर साहले मनरी निर्णय गराउने गरेको उनीहरुले आरोप लगाएका छन् । १३ वटै वडा अध्यक्षहरुले ७, ८, १० र ११ नम्बरमा भएको निर्णयप्रति विरोध जनाएका छन् । शिक्षा ऐन २०२८ (आठौँ संसोधन सहित) को दफा ११(८) बमोजिम नगर शिक्षा समितिमा सामुदायिक विद्यालयको प्रधानाध्यापकबाट एक जना सदस्य हुने व्यवस्था रहेको नगर कार्यपालिकाको निर्णय पुस्तिकामै पनि उल्लेख छ ।
तर, त्यसलाई लत्याउँदै मेयर साहले दवाव दिएर आफ्नै ज्वाई निजि विद्यालयको संचालक जयप्रकाश चौधरीलाई सदस्यमा राखेका छन् । लहान नगरपालिकाको स्वीकृत कार्य सम्पादन नियमावली २०७४ को नियम १५ अनुसार समितिहरु गठन गरेका छन् ।
सार्वजानिक सेवा तथा विकास, सामाजिक विकास, पूर्वाधार विकास, विधेयक, आर्थिक विकास, वतावरण तथा विपद् व्यवस्थापन समिति गठन भएका छन् । उक्त समितिको संयोजक लगायत सदस्यहरुमा पनि एमाले र माओवादीका वडा अध्यक्ष र सदस्यहरुलाई राखेका छन् ।
काँग्रेस र फोरमका वडा अध्यक्षहरुले, मेयर साहले मनपरी नरोके आफुहरु आन्दोलनमा जाने चेतावनी दिएका छन् । १८ गते भएको कार्यपालिकाको निर्णय पुस्तिका हेर्दा बैठकमा प्रस्ताव नै नराखी एकै पटक निर्णय गरेको देखिन्छ । बहुमतको धाक लगाउँदै मेयर साहले कानुनलाई लत्याउँदै विभिन्न किसिमका कार्यहरु गरिरहेको स्थानीयवासीहरुले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…