सिरहामा ढिस्कोमा पुरिएर बालकको मृत्यु
माटो खनिरहेको क्रममा भिरमाथिबाट खसेको ढिस्कोले बालक पुरिएका थिए ।

२०७६ असोज २७ सोमबार, राति ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा माटोको ढिस्कोमा पुरिएर बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी हरिगोविन्द साहको ११ वर्षीय छोरा गोधिया साह रहेका छन् ।
माटो खनिरहेको क्रममा भिरमाथिबाट खसेको ढिस्कोले बालक पुरिएका थिए । बालकको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पताल लहान पठाइएको सिरहा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…