सीको स्वागतमा आईतबार सार्वजनिक विदा
शनिबारदेखि हुने भ्रमणको सरकारले उच्च सुरक्षा व्यवस्था मिलाएको छ ।

२०७६ असोज २४ शुक्रबार, दिउँसो ३:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आईतबार सार्वजनिक विदा हुने भएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले सीको राजकीय भ्रमणका क्रममा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । शनिबारदेखि हुने भ्रमणको सरकारले उच्च सुरक्षा व्यवस्था मिलाएको छ ।
अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो । सुरक्षामा काठमाडौंको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…