सप्तरीमा मोटरसाइकल ठोक्किँदा २ को मृत्यू
न्यूज ब्यूरो, सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका(८ स्थित बिसनपुर चोकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परेर दुईजना घाइते भएका छन् । दुर्घटनामा सुरुङ्गा नगरपालिका–१, पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरी र खड्क नगरपालिका–६ बिसनपुरका २८ वर्षीय अनबारुल अ

२०७६ असोज २४ शुक्रबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका(८ स्थित बिसनपुर चोकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा परेर दुईजना घाइते भएका छन् । दुर्घटनामा सुरुङ्गा नगरपालिका–१, पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरी र खड्क नगरपालिका–६ बिसनपुरका २८ वर्षीय अनबारुल अन्सारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६८प ६८८७ र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते चौधरी र अन्सारीको लहानस्थित राउ स्मारक अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पिपराका १८ वर्षीय देवानन्द चौधरी र बिसनपुरका ४० वर्षीय मोहम्मद किसुधीन घाइते छन् । उनीहरूलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…