राज्यमन्त्री यादवले आफ्नो तलबबाट पहलवानलाई दिए ७५ हजार
आयोजक समिति सहित दर्शकहरुले समेत ताली बजाएर स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए ।

२०७६ असोज १९ आइतबार, राति १०:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । विभिन्न चाडपर्व र मेला उत्सवमा मधेशमा अहिले पहलवानीको क्रेज बढदै गएको देखिएको छ ।
सो क्रममा रौतहटको सुखदेव चौकमा दुर्गा पुजाको अवसरमा आयोजना गरिएको नेपाल भारत स्तरीय कुस्ती प्रतियोगिताका पहलवानहरुलाई आफ्नो तलब भत्ताबाट पुरस्कार प्रदान गरिएको छ । प्रदेश नं. २ का कृषिराज्य मन्त्री योगेन्द्र राय यादवले आफ्नो तलबभत्ताबाट पहलवानहरुलाई पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ प्रदान गरेका हुन् । आज (आईतबार) अपरान्ह भएको पहलवानीको क्रमा विजयी भएका पहलवानहरुलाई सो रकम बाँडेका हुन् ।

पहलवानीको क्रममा प्रथम स्थान प्राप्त नेपालका केशवदास यादव पहलवानलाई रु. २५ हजार रुपैयाँ प्रदान गरेका हुन् । प्रदेश सरकारबाट पाउँदै आएको सेवा सुविधालाई मधेशको सँस्कृति र धरोहरको विकासको लागि उपयोग गर्न आफनो तलब भत्ताबाट उक्त रकम प्रदान गरेका हुन् । सोही क्रममा दोस्रो चर्चित पहलवान बसन्त थापालाई पनि आफ्नो तलबभत्ताबाट रु. २० हजार प्रदान गरेका हुन् ।
पहलवानीको क्रममा तेस्रो भएका राजेश यादवलाई रु. १५ हजार तथा चौथो भएको छिमेकी मूलुक भारतका जितेन्द्र सिंहलाई रु. १० हजार प्रदान गरेका छन् भने सोही पहलवानीमा पाचौं स्थान प्राप्त भीम पहलवानलाई रु. ५ हजार गरी जम्मा ७५ हजार रुपैयाँ प्रदान गरेका हुन् । " यो रकम म आफ्नो तलब भाताबाट दिएको छु । हजारौंको संख्यामा उपस्थित दर्शकहरुले नेपालका चर्चित पहलवान बसन्त थापा र भारतका आगरा निवासी पहलवानबीचका प्रतिस्पर्धालाई रोचक पुर्वक हेरेका थिए । मधेशमा कुस्तीको क्रेज बढदै गएको सुखद संकेत हो, मधेशो धरोहरलाई बचाउन र पौराणिक सँस्कृति जगेर्नाको लागि मेरो सहयोग सदैव रहिरहनेछ ।"- उनले भने ।

मन्त्री यादवले पहलवानहरुलाई आफ्नो तर्फबाट पुरस्कार स्वरुप रकम उपलब्ध गराएपछि आयोजक समिति सहित दर्शकहरुले समेत ताली बजाएर स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…