राजदेवीमा आज २ः३० बजे रातीसम्म मात्र बोकाबली हुन्छ : अध्यक्ष साह
बोका बलिको लागि आएका सर्वसाधारणहरु तीव्र रुपमा लाईनमा बस्न थालेको देखिएको छ ।

२०७६ असोज १९ आइतबार, राति १०:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजदेवी पूजन आयोजक महावीर युवा कमिटिका अध्यक्ष सँतोष साहले राजदेवीमा भईरहेको बोकाबली यसपाली २ः३० बजेसम्म मात्र हुने बताएका छन् ।
अन्य वर्षको तुलनामा बोको सँख्या कम देखिएको जनाउँदै अढाई बजेसम्म मात्र बोका बली प्रदान हुने बताएका छन् । राजदेवीमा जारी ४ ठेहामा औसत १५ का दरले एक मिनेटमा करिब ६० वटा बोकाको बली प्रदान भईरहेको जनाइएको छ । गत वर्ष ३ बजेसम्म बोका बली प्रदान भएकोमा यसपाली २ः३० बजेसम्म मात्र कार्यक्रम राखिएको जनाएका छन् ।
ठेहाको थकान मार्न स्वयँसेवकहरुल समेत आराम गर्नुपर्ने भएकोले समयको सीमितता गरेको जनाइएको छ । "यसपाली २ः३० बजेसम्म मात्र बोका बलि प्रदान गरिनेछ, त्यसपछि बाँकी राखिएको बोका प्रदान गर्ने अवस्था हुँदैन । बोका बली प्रदानको रफतार तीव्र भएकोले २ः३० बजेसम्म सबै बोका बली हुनेछ र बोका बलीका लागि विभिन्न स्थानबाट आएका श्रद्धालुहरुलाई समयमै लाईनमा लाग्न आग्रह पनि गर्दछु । त्यसपश्चात बली प्रदान नभए हामी जिम्मेवार हुनेछैनौ ।" - उनले भने |
यो पनि पढनुहोस् : जनकपुरको राजदेवीमा १ मिनेटमा औसत ६३ बोका काटिदैं !
बेलुकी ८ बजेर ४ मिनेटदेखि सुरु भएको बोका बली झण्डै २ घण्टामा राती १० बजेसम्म ४ हजार बढी बोका बली प्रदान भईसकेको जनाउँदै २ः३० बजेसम्म १४ हजार बढी भएपनि समेटिने अध्यक्ष साहले दाबी गरे । उनले भने, - "बोका बलीको लागि राजदेवीमा आएका श्रद्धालुहरुलाई अहिले १० बजेदेखि नै अनाउन्स गर्न थालेका छौं, खसी बोका लिएर अन्य ठाउँमा बसेका श्रद्धालुहरुले समयमै लाईनमा लाग्नको लागि आग्रह गर्दैर्छौ ।"
राती १२ बजेसम्म कम्तिमा पनि १० हजारको हाराहारीमा बोका बली प्रदान हुने अनुमान गर्दै उनले अहिले प्रतिमिनेट ४ वटै ठेहामा बढीमा ६२ र कम्तिमा ५८ वटा बली प्रदान भईरहेको जनाए । उनले २ बजेसम्म भएपनि सबै बोकाबली प्रदान हुन सक्ने बताए । यता, बोका बलीको लागि समय सीमित पारेपछि विभिन्न ठाउँबाट बोका बलिको लागि आएका सर्वसाधारणहरु तीव्र रुपमा लाईनमा बस्न थालेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…