• २०७६ कार्तिक ७ गते, बिहीबार



जनकपुरको राजदेवीमा १ मिनेटमा औसत ६३ बोका काटिदैं !

यसपाली पनि १४ हजार बढी बोकाबली प्रदान हुने आयोजक समितिले जनाएको छ । 

फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको राजदेवी मन्दिरमा बोका बली कार्यक्रम सुरु भएको छ । 


राजा जनकी कुलदेवी मानिएकी माता राजदेवीमा प्रत्येक वर्ष दशैँको महाअष्टमीका दिन हजारौँ बोका बलि दिँदै आएको छ । अहिले ठिक ८ बजेर ४ मिनेट देखि सुरु भएको बोका बलीको लागि यसपाली पनि ४ ओटा अस्थायी ठेहा स्थापना गरिएको छ । प्रत्येक ठेहाको लागि ५ जनाको समूहमा स्वयँसेवक परिचालन गरिएको छ । खसीको लाईन सहित डोरी र व्यवस्थापनको लागि ५ जना जनशक्ति प्रति ठेहामा खटाइएको हो । 

 
अहिले भर्खर सुरु भएकोलेऔसत एक मिनेटमा ६३ को दरले बोका बली दिइएपनि समय वित्दै जाँदा औसत बढने महाविर युवा कमिटिका अध्यक्ष सँतोष साहले जनाएको छ । केही बरेपछि औसत करिब ४५ प्रतिमिनेट बोका बली हुन सक्ने जनाइको छ । जनकपुरधामको गायत्री परिवार सहित अन्य धर्म सँघसँस्थाहरुले समेत बोकाबलीको विरोध गर्दै आएको छ । देवीदेवताको नाममा अबोध पशुपंक्षिको बलीलाई विरोध गर्दै आएको छ । 


यसपाली पनि १४ हजार बढी बोकाबली प्रदान हुने महाबीर युवा कमिटिका सदस्य रवि शर्माले जानकारी दिए ।  

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...