सन् २०१८ को विश्व अर्थव्यवस्था
–माइकल स्पेन्स हङकङ, १९ पुस (रासस÷प्रोजेक्ट सिन्डिकेट) : मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत अपेक्षाजस्ता क्षेत्रहरूमा फर्म, व्यक्तिगत र संस्थाहरूको विकल्पहरूका बारेमा सूचित गर्नसक्ने प्रश्नहरू सोधिने गर्छन् । अधिकांश अवस्थामा कुनै निश्चित जवाफ छैन । तर पर्याप्त

२०७४ पुस १९ बुधबार, दिउँसो ३:५१ बजे५ मिनेट पढाइ
–माइकल स्पेन्स
हङकङ, १९ पुस (रासस÷प्रोजेक्ट सिन्डिकेट) : मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत अपेक्षाजस्ता क्षेत्रहरूमा फर्म, व्यक्तिगत र संस्थाहरूको विकल्पहरूका बारेमा सूचित गर्नसक्ने प्रश्नहरू सोधिने गर्छन् । अधिकांश अवस्थामा कुनै निश्चित जवाफ छैन । तर पर्याप्त जानकारीका साथ अर्थव्यवस्था, बजार र प्रविधिका सन्दर्भमा कसैले पनि बुझ्न सक्छ र उचित अनुमान लगाउनसक्छ ।
विकसित संसारमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी राजनीतिक विच्छेदन, ध्रुवीकरण र तनावका साथ धेरै अर्थतन्त्रहरूले वृद्धिको तीव्रतालाई अनुभव गरेसँगै सन् २०१७ को वर्ष सम्भवतः विपरित अवधिको रूपमा सम्झना हुनेछ । लामो अवधिमा राजनीति र शक्तिहरूलाई केन्द्रबाहिर राख्न आर्थिक प्रदर्शनले प्रतिरक्षाको काम गर्नेछ भन्नु सम्भव छैन । यद्यपि अहिलेसम्म बजार र अर्थतन्त्रहरूले राजनीतिक अशान्तिलाई बन्द गरेको छ र पर्याप्त अल्पकालीन शङ्काका जोखिमहरू अपेक्षाकृत साना देखिन्छन् ।
अहिले अराजकता र विभाजित ब्रेक्जिट प्रक्रियाको सामना गरेको बेलायत यसको अपवाद हो । युरोपका अन्य स्थानमा जर्मनीका अत्यन्त कमजोर चान्सलर एन्जेला मर्केलले गठबन्धन सरकार गठन गर्न सङ्घर्ष गर्नुपरेको छ । यो बेलायत वा बाँकी युरोपका लागि राम्रो होइन जसले युरोपेली युनियनको सुधारका लागि फ्रान्स र जर्मनी सँगै मिलेर काम गर्नुपर्ने अत्यन्त आवश्यक ठान्छन् ।
एउटा सम्भावित झट्का भनेको मौद्रिक सङ्कुचनसँग सम्बन्धित विषयले सबैभन्दा धेरै ध्यान आकर्षित गरेको छ । विकसित संसारमा आर्थिक प्रदर्शन सुधार गर्न आक्रामक समायोजित मौद्रिक नीतिको क्रमिक रूपान्तरणले सम्पत्ति मूल्यमा मुख्य आकर्षण वा चिन्ताको विषय हुने सम्भावना देखिँदैन । सम्भवतः बजार मूल्यहरूलाई वैधता प्रदान गर्न आर्थिक मूलभूतहरूको दीर्घ प्रतिक्षित बढ्दो एकाग्रता पहुँचभित्रै छ ।
एसियामा चिनियाँ राष्ट्रपति सि चिनफिङ अहिलेसम्मकै सबैभन्दा बलियो स्थितिमा हुनुहुन्छ । यसबाट अधिक खपत र असन्तुलनको प्रभावकारी व्यवस्थापन तथा नयाँ उपायको वृद्धिको अपेक्षा गर्न सकिन्छ । भारत पनि उसको वृद्धि र सुधारको गतिलाई कायमै राख्न सकेको प्रतीत हुन्छ । जसै यी अर्थतन्त्रहरू बढ्छन्, यस क्षेत्र र सोभन्दा बाहिरका अर्थतन्त्रहरू पनि बढ्नेछन् ।
जब यो प्रविधिको कुरा आउँछ (विशेषगरेर डिजिटल प्रविधि), चीन र अमेरिकाले आगामी वर्षहरूमा यसमा हैकम जमाउने देखिन्छ । किनकी उनीहरूले आधारभूत अनुसन्धानमा लगानीलाई निरन्तरता दिएका छन् । जब नव आविष्कारहरू व्यावसायिक बन्छन् अधिक फाइदाहरू एकत्रित गर्छन् ।
यी दुई मुलुक आर्थिक तथा सामाजिक अन्तरक्रियाका लागि मुख्य प्लेटफर्म पनि हो । जसले सूचनात्मक अन्तराललाई बन्द गरेर सञ्जाल प्रभावहरूबाट लाभ उठाउँछ र सम्भवतः सबैभन्दा महत्वपूर्ण मूल्यवान डाटाहरूको ठूलो स्थितिको प्रयोग र सिर्जना गरेर कृत्रिम बौद्धिक क्षमता र प्रयोगलाई बढाउँछ ।
त्यस्ता प्लेटफर्महरू आपैmमा आकर्षित मात्र छैनन्, तिनीहरूले आपूm वरिपरि र बाहिर नयाँ व्यापारिक मोडेल सञ्चालनका लागि विज्ञापन, तार्किक सहयोग र वित्तसँग सम्बन्धित होस्टहरूको उत्पादन गर्छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…