कमला बचाउ अभियानलाई प्रदेश नीतिमा राख्नुपर्छ : मेयर बरबरिया
उक्त कार्यक्रममा शहिदनगरपालिकाको सौजन्यमा १०० वटा टिसर्ट समेत वितरण गरिएको थियो ।
२०७६ असोज १८ शनिबार, बेलुकी ५:३९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले कमला बचाउ अभियानलाई प्रदेश सरकारको नीतिमा राख्नुपर्ने जीकिर गरेका छन् ।
कमला बचाउ अभियानका अभियन्ता (अभियानी) समेत रहेको मेयर बरबरियाले कमला बचाउ अभियान मिशनको रुपमा स्थापित भईसकेको अवस्थामा स्थानीय तवरबाट आफूहरुले माथि उकास्ने बताउँदै प्रदेश सरकारले नीतिमा गाभ्न सके अभियानको सफलतालाई झन सहजता प्रदान हुने बताए । कमला नदी संरक्षण हेतु अभियानमा अभियानी भएर हप्तापिच्छै जागरण कार्यक्रममा सहभागीता जनाउँदै आएका मेयर बरबरियाले कार्तिक पूर्णिमामा अभियानको वार्षिकोत्सवमा भारतीय जलस्रोत मन्त्रीलाई बोलाएर अभियानको वार्षिकोत्सव मनाउने बताए ।
कमला बचाउ अभियानमा सक्रिय भइ अभियान सफल बनाउन आफू लागि परेको बताउँदै उनले आ–आफनो ठाउँ वाट कमला बचाउ अभियानको प्रचार प्रसारमा जोड दिनुपर्ने र सम्पुर्ण जनताले आफ्नो ठाउँबाट कमला बचाउ अभियानको संरक्षणमा जुटन आग्रह समेत गरे । संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारबाट पनि यस अभियानमा सहयोग गर्न जरुरी रहेको बताए । “बिगतको दिनमा पनि हामी कमलाको भेगमा पर्ने सम्पुर्ण नगरपालिकाको मेयरहरु संग सल्लाह गरेका छौ ।” उनले भने ।

साप्ताहिक जागरण कार्यक्रम अन्तर्गत शनिबार धनुषाको गणेशमानचारनाथ नगरपालिका वडा नं. ९ को बरमझियाको कमला घाटमा वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै नेकपाका प्रदेश सदस्य रोशन यादवले पर्यावरण बचाउन प्रतिबद्वता जाहेर गदै आफू पनि कमला बचाउ अभियानीको रुपमा रहेको बताए । चूरे र कमला लाई संयुक्त रुपमा बचाउनु पर्ने तथा चूरे मानव रहित र कमला चरी चरण मुक्त नभएसम्म वातावरर्णीय हिसाबले सुरक्षित छैनौ भन्ने कुरा सबैले हेक्का राख्नु पर्ने बताए ।
कमला बचाउ अभियानको पहलमा शुरु गरिएको कमला नदी क्षेत्र साप्ताहिक अभियान अन्तर्गत गणेशमान चारनाथ नगरपालिका वडा न ९ बरमझियाको कमला घाटमा बृक्षारोपन समेत गरिएको छ । कमला बचाउ अभियानका सँस्थापक अगुवा एवम् अभियानी विक्रम यादवले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा यस अभियानलाई सबै मूर्तरुप दिनुपर्ने बताए । कमलाको सांस्कृतिक एवम एतिहासिक मानव सभ्यताको विकासको रुपमा कमला नदीलाई चिन्नु पर्ने बताए ।
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाकै प्रमुख आतिथ्यमा सम्पनन सो जागरण कार्यक्रममा वडा सदस्य सहिद नदाफ , कमला अभियानी बिक्रम यादव , नेकपाका जिल्ला सचिब दिपक यादव, नेकपाका प्रदेश कमिटी सदस्य रोशन यादव, मानव अधिकारकर्मी एवम कमला अभियन्ता बिनोद महरा, नेकपाको नेता महेशलाल यादव, ११ नमवर वडाका वडाध्यक्ष सत्यनारायण कुवर, नेता कैलास मल्ल, सोभित यादव, कमला अभियानी राजकिशोर सहलैता, सुरेन्द्र यादव, पत्रकार नरेश बरबरिया, किशोर मणडल, अमरेन्दर यादव, रामएकवाल महरा लगायत स्थानीय बासी, बुद्धिजिवी ,नागरिक समाजको उपस्तिथि रहेको थियो ।
उक्त कार्यक्रममा शहिदनगरपालिकाको सौजन्यमा १०० वटा टिसर्ट समेत वितरण गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…