रहस्यमय मृत्यु भएका मजदूरको चार दिनपछि सनाखत
पोखरा, १९ पुस : पोखरा–लेखनाथ महानगरपालिका–१८, सराङकोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलको काममा कार्यरत रहस्यमय ढंगबाट मृत्यु भएका दुई मजदूरको चार दिनपछि सनाखत भएको छ । मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो । मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी

२०७४ पुस १९ बुधबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

पोखरा, १९ पुस : पोखरा–लेखनाथ महानगरपालिका–१८, सराङकोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलको काममा कार्यरत रहस्यमय ढंगबाट मृत्यु भएका दुई मजदूरको चार दिनपछि सनाखत भएको छ ।
मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो । मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
सख्त घाइते २७ वर्षीय आङदाना शेर्पाको भने मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनी होसमा आएको प्रहरीले जनाएको छ ।
चारजना एकै ठाउँमा सुतेकामा गत आइतबार दुईजनाको मृत्यु, एक घाइते र एक बेपत्ता भएका थिए । बेपत्ताको प्रहरीले खोजी कार्य गरिरहेको छ ।
प्रहरीले अनुसन्धानका लागि केही मजदूरलाई नियन्त्रणमा लिएको छ । मृतक दुईजना मजदूरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा लगिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…