प्रशासन र विद्यार्थीबीच सहमति, मेयरले खोले ताला
जनकपुरधाम, १७ पुस । धनुषाधाम माविमा लगाइएको अनिश्चितकालिन तालाबन्दी आइतबार खोलिएको छ । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले विद्यार्थी र विद्यालय प्रशासनबीच सहमति गराउँदै ताला खोलेका हुन् । विद्यालयमा नियमित पठनपाठन नहुने गरेको, प्राविधिक सेक्सनमा प्रध्यापकहरु अनुपस्थित हुने गरेको, केयौँ महिना

२०७४ पुस १७ सोमबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १७ पुस । धनुषाधाम माविमा लगाइएको अनिश्चितकालिन तालाबन्दी आइतबार खोलिएको छ ।
धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले विद्यार्थी र विद्यालय प्रशासनबीच सहमति गराउँदै ताला खोलेका हुन् ।
विद्यालयमा नियमित पठनपाठन नहुने गरेको, प्राविधिक सेक्सनमा प्रध्यापकहरु अनुपस्थित हुने गरेको, केयौँ महिना वितिसक्दा पनि कोर्ष अगाडी नबढाएको भन्दै गुनासो लिएर विद्यार्थीहरु अनिश्चितकालिन तालाबन्दी गरेका थिए ।
आईतबार मेयर मण्डलले बृहत बैठक गरी विद्यालय प्रशासन र आन्दोलित विद्यार्थीबीच सहमति गराउँदै ताला खोलेका हुन् ।
ताला खोले लगत्तै मेयर मण्डलकै अगुवाईमा सरसफाई समेत गरिएको छ ।
धनुषाधाम नगरपालिका युवा समूहको एक टोलीको अगुवाई गर्दै मेयर मण्डलले सरसफाईतलाई मूर्तरुप दिएका हुन् ।
समूहका युवा तथा विद्यार्थीहरुले सामुहिक रुपमा सरसफाई गरिएको ब्युरो सहकर्मी विनय कुमार यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…