सप्तरीमा बोक्सी भन्दै महिला कुट्ने एकजना फन्दामा
आरोपीले ती महिलालाई ‘बोक्सी’ भन्दै मन्त्रद्वारा गाईवस्तु मारेको आरोप लगाएर गत जेठ ५ गते गालीगलौज गरी कुटपिट गरेका थिए ।

२०७६ असोज ४ शनिबार, दिउँसो ३:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा मन्त्र फुकेर चौपाया मारेको भन्दै अमानविय व्यवहार गर्ने एकजना पक्राउ परेका छन् ।
सप्तरीस्थित बोदे बर्साईन नगरपालिका–६ का गोवर्धन यादवलाई प्रहरीले पक्राउ गरेको हो । छिमेकी महिलालाई ‘बोक्सी’ भन्दै गाली र कुटपिट गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरका इन्सपेक्टर बिष्णुप्रदिप बस्यालका अनुसार, आरोपितहरु जसोदेवि यादव, दुर्गाप्रसाद यादव र अनितादेवि यादवको खोजीकार्य भइरहेको छ । आरोपीले ती महिलालाई ‘बोक्सी’ भन्दै मन्त्रद्वारा गाईवस्तु मारेको आरोप लगाएर गत जेठ ५ गते गालीगलौज गरी कुटपिट गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…