महिलालाई आत्मनिर्भर बनाउन अमिसेसद्धारा सिरहामा सिलाई कटाई तालिम
समाजिक क्षेत्रमा काम गर्दै आएका यस संस्थाले गरिब, विपन्न तथा एकल परिवारलाई आर्थिक एवं भौतिक सहयोग समेत गर्दै आएको छ ।

२०७६ असोज ४ शनिबार, दिउँसो १२:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सामाजिक रुपान्तरणको उद्देश्य बोकेर पछिल्लो समय कम्मर कसेर लागेका अपन मिथिला सेवा समाजले सिरहाको विभिन्न स्थानमा एकैसाथ ३ महिने सिलाई कटाई तालिम शुभारम्भ गरेको छ ।
समाजको स्तर उकास्न तथा आत्मनिर्मर बनाउन विभिन्न अभियान चलाइरहेका अपन मिथिला सेवा समाजले सिरहाको कर्जन्हा नगरपालिकाको वडा १ र २ तथा मिर्चैया नगरपालिकाको वडा ६ मा गरी ३ स्थानमा एकैसाथ ३ महिने सीपमूलक सिलाई कटाई तालिम सुरु गरेको हो ।
३ महिनासम्म चल्ने तालिमको कर्जन्हा नगरपालिकामा कर्जन्हाका मेयर गंगा पासवानद्धारा उद्घाटन गरिएको छ । यस्तै, मिर्चैया ६ मा वडाध्यक्ष देवकृष्ण साहद्धारा उद्घाटन गराइएको छ । तीनै स्थानमा संचालन भएको तालिममा महिला र पुरुष गरी हरेक स्थानमा १०–१० जना सहभागी रहेको अमिसेसका प्रदेश २ का सुपरभाईजर मंसाराम यादवले जानकारी दिए ।
सिलाई कटाई सम्बन्धि सीपमूलक तालिमको माध्यमबाट स्वरोजगार सृजना हुने र आर्थिक रुपमा समाजलाई सशक्त बनाउने सुपरभाईजर मंसाराम यादवले जनाए । संस्थाको यो प्रयासले समाजमा नयाँ आयाम कायम हुने विश्वास गरिएको छ ।
समाजिक क्षेत्रमा काम गर्दै आएका यस संस्थाले गरिब, विपन्न तथा एकल परिवारलाई आर्थिक एवं भौतिक सहयोग समेत गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…