धनुषामा आगलागी, १० लाखको क्षति
आगोलाई स्थानीयबासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

२०७६ भदौ २४ मंगलबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा विद्युत सर्ट भएर आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
मंगलबार विहान जनकपुर उपमहानगरपालिका–२१ कुर्था बस्ने लालबाबु साह सोनारको घरमा करेन्ट सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट नगद ५ लाख २५ हजार रुपैयाँ, चाँदीका गहनाहरु २० तोला, सुनका गहना ५ तोला र विभिन्न सामान जलेर करिब ९ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगोलाई स्थानीयबासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…