मात्रिका यादव र प्रभु साहले एसिड पीडितलाई भेटेर भने : 'न्याय दिलाउँछौं'
एउटा निर्दोष बालिकामाथि आक्रमण भएको भन्दै मन्त्री यादवले अपराधमा संलग्नलाई कुनै पनि हालतमा माफ गर्न नसकिने बताए ।

२०७६ भदौ २२ आइतबार, बेलुकी ५:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साहले एसिड आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई न्याय दिलाउने बाचा गरेका छन् ।
आइतबार कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा उपचारत खातुनलाई भेट्न नेताद्वय यादव र साह पुगेका हुन् । अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बुझेपछि मन्त्री यादवले खातुनको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए ।
एउटा निर्दोष बालिकामाथि आक्रमण भएको भन्दै मन्त्री यादवले अपराधमा संलग्नलाई कुनै पनि हालतमा माफ गर्न नसकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…