प्रदेश २ मा धार्मिक पर्यटनको आपार सम्भावना छ : मुख्यमन्त्री राउत
मुलुकमा पर्यटन वर्ष २०२० चलिरहेको अवस्थामा समेत प्रदेश २ सँग विभेद भइरहेको गुनासो गर्दै उनले प्रदेश नं.२ लाई पाखा लगाएर पर्यटन वर्ष सफल हुन नसक्ने बताए ।

२०७६ भदौ २१ शनिबार, राति ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको पर्यटकीय विकासको लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् ।
महोत्तरीको बर्दीवासमा नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको पर्यटकीय विकासको लागि स्थानीय प्रदेश र केन्द्र तीनै तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
मुलुकमा पर्यटन वर्ष २०२० चलि रहेको अवस्थामा समेत नेपाल पर्यटन बोर्डले प्रदेश नं. २ संग विभेद गरि रहेको गुनासो पोख्दै मुख्यमन्त्री राउतले प्रदेश नं.२ लाई पाखा लगाएर पर्यटन वर्ष सफल हुन नसक्ने दावी गरे ।
प्रदेश नं. २ मा धार्मिक पर्यटनको आपार सम्भावना रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार धार्मिक पर्यटकीय करिडोर निर्माण गर्ने नितिका अघि बढेको र त्यसबाट होटेल व्यवसायले राम्रो फाइदा लिन सक्ने उल्लेख गरे ।
दोस्रो अन्तराष्ट्रिय विमानस्थल, फास्ट ट्रयाक जस्ता पूर्वाधारहरुले प्रदेशको पर्यटन व्यवसाय ठुलो फडको मार्ने सम्भावना रहेको बताउँदै उनले भने, ‘दोस्रो अन्तरािष्ट्रय विमान स्थल निजगढमै बन्छ, तर त्यसको लागि संघ सरकारलाई हामी संग समन्वय गर्नु पर्दछ । विमान स्थललाई पहेली बनाएर राजनीतिक अखाडा बनाउनु हुँदैन ।’
पर्यटकसँग गरिने व्यवहारमा परिवर्तन ल्याउन होटेल व्यवसायीहरुलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा रहेकै सम्पादाहरुको प्रचार प्रसार गर्न सकिए ठूलो उपलब्धि प्राप्त गर्न सकिने विश्वास लिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…