मारवाडी महिलालाई समाजिक रुपान्तरणको नेतृत्व लिन मुख्यमन्त्रीको आग्रह
मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको मारवाडी समुदायको महिलाहरुलाई अब समाजिक रुपान्तरणको नेतृत्व लिनुपर्ने धारणा राखेका हुन् ।

२०७६ भदौ २० शुक्रबार, बेलुकी ६:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणको नेतृत्व लिन मारवाडी महिलाहरुलाई आग्रह गरेका छन् ।
नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको पाँचौ राष्ट्रिय महाधिवेशनको जनकपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको मारवाडी समुदायको महिलाहरुलाई अब समाजिक रुपान्तरणको नेतृत्व लिनु पर्ने धारणा राखेका हुन् ।
उनले मारवाडी महिला संगठन आर्थिक हिसावले समृद्ध रहेको हुँदा समाजिक रुपमा पछि परेका अन्य समुदायका महिला, दलित, मुस्लिम सहितको उन्नतिको लागि भूमिका खेल्नुपर्ने आवश्यकता औल्याए ।
समाजिक रुपान्तरण विना प्रदेश तथा देशको समृद्धि सम्भव नरहेको भन्दै मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले समाजिक रुपान्तरणको लागि बेटी पढाउ, बेटी बचाउ, स्वच्छता अभियान, जस्ता कार्यक्रमहरुलाई अघि बढाएको छ । प्रदेश सरकारको यस अभियानमा तपाईहरु पनि सहकार्य गर्नुस् ।’
महिला संगठनका अध्यक्ष रचना राठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादव, परमेश्वर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…