राज्यमन्त्री मण्डलद्धारा आफ्नो क्षेत्रका जनतालाई एम्बुलेन्स हस्तान्तरण
एम्बुलेन्स किनेपछि सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्ने कारुणिक अवस्थाकोे अन्त्य हुने विश्वास लिएको राज्यमन्त्री मण्डलले जनाए ।

२०७६ भदौ २० शुक्रबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
गृहजिल्ला सिरहाको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित राज्यमन्त्री मण्डलले आफ्नो निर्वाचन क्षेत्रको जनताका लागि किनेको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
करिब ७० हजार जनसंख्या रहेको आफ्नो निर्वाचन क्षेत्रमा रहेको नगरपालिकामा एउटा पनि एम्बुलेन्स नहुँदा सर्वसाधारण विमारी हुँदा ज्यान जोगाउन गाह्रो भएपछि आफूले एम्बुलेन्स किनिदिएको राज्यमन्त्री मण्डलले बताए ।
एम्बुलेन्स किनेपछि सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्ने कारुणिक अवस्थाकोे अन्त्य हुने विश्वास लिएको राज्यमन्त्री मण्डलले जनाए ।
राज्यमन्त्री मण्डल संसदीय विकास कोषको रकमबाट रेडक्रस सोसाइटी मार्फत् एम्बुलेन्स खरिद गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…