मगही भाषालाई प्रदेश २ को कामकाजी बनाउन माग गर्दै सिएमलाई ज्ञापनपत्र
प्रदेश नं. २ मा ६२ प्रतिशत जनताले मगही भाषा बोली रहेको दावी गर्दै यस्तो माग अघि सारेको हो ।

२०७६ भदौ १६ सोमबार, बिहान ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मगही भाषालाई प्रदेश २ को कामकाजी भाषा बनाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।
मगही भाषा संरक्षण सम्बद्र्धन प्रतिष्ठान जनकपुरले सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई यस्तो माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
प्रतिष्ठान सम्बद्ध युवाहरुले मुख्यमन्त्री राउतलाई विहान भेटी मगही भाषालाई कामकाजी भाषा बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । उनिहरुले प्रदेश स्तरीय मगही भागाा संस्कृति विकास बोर्ड गठन गर्नुपर्ने, सरकारी सूचनाहरु मगही भाषामा सम्प्रेशन गर्नुपर्ने, प्रशिक्षक तयारी गर्नुपर्ने जस्ता मागहरु राखेका छन् ।
प्रतिष्ठानले प्रदेश नं. २ मा ६२ प्रतिशत जनताले मगही भाषा बोली रहेको दावी गर्दै यस्तो माग अघि सारेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…