चुरे देखि भारतीय सीमासम्म हरित बनाएर कमलालाई पर्यटकीय बनाउँछौं : कानुनमन्त्री यादव
कमला नदीको पौराणिक धार्मिक हिसाबले पनि यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नको निम्ती पहल थाल्नेछु ।

२०७६ भदौ ७ शनिबार, बेलुकी ६:०७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले चुरे क्षेत्रदेखि भारतको सीमासम्म हरित अभियानल चलाउने बताएका छन् ।
प्रडिभिजन वन कार्यालय जनकपुरको आयोजना तथा कमला बचाउ अभियानको अगुवाईमा भएको कार्यक्रमको दौरान शनिबार मन्त्री यादवले चुरे क्षेत्रदेखि कमला छेउ हुँदै भारतको सीमा जयनगरसम्म हरित अभियानल अन्तर्गत वृक्षारोपण गरी हरियाली बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । कमला बचाउ अभियानका सँयोजक एवम् अभियानी विक्रम यादवको अगुवाईमा गरिएको साप्ताहिक कार्यक्रमको क्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् ।
कमला नदी प्रदेश नं. २ को धरोहरको रुपमा रहेको बताउँदै मन्त्री यादवले कमला बचाउ अभियानीको कार्यलाई सराहना गरे । उनले कमला नदीको छेउ सहित कमला नदीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न केन्द्र सरकारसँग पहल थाल्ने प्रतिवद्धता समेत जनाएका हुन् । उनले भने, - "यो धरोहर प्रदेशको हो, प्रदेशवासीको हो, कमला छेउका बासीन्दाको लागि स्वर्गझैं निर्माण गर्न सकिन्छ । म केन्द्र सरकारको सहकार्यमा कमला नदीको पौराणिक धार्मिक हिसाबले पनि यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नको निम्ती पहल थाल्नेछु ।"

शनिबार धनुषाको सबैला नगरपालिका वडा नं. ४ बल्टिया पटेर्वाघाटमा आयोजना गरिएको सो कार्यक्रमको दौरान आरक्षित ६०० हेक्टर जग्गामा वृक्षारोपण समेत गरिएको छ । सबैला नगरपालिकाका मेयर बिजय शंकर साहको अध्यक्षता तथा आन्तरिक मामिला तथा काकुन मन्त्री ज्ञानेन्द्र यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपस्थित स्थानीयवासीहरुले समेत वृक्षारोपणमा सघाएका थिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक शेखर खनाल, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजेश उप्रेति, अनुसन्धानका प्रहरी उपरीक्षक विमल डँगोल, वन पर्यटन मन्त्रालयका निर्देशक देवेन्द्र कर्ण, वन डिविजन प्रमुख, वन अधिकृत एवम कमला बचाउ अभियानका सल्लाहकार सुरेश शर्मा, सबैला नपाका वडाध्यक्ष सहित वन अधिकृत राजेन्द्र कर्णको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वृक्षारोपण गरिएको हो ।
डिविजन वन कार्यालयको आयोजनामा प्रदेश हरित अभियान २०७६ अन्तर्गत पनि वृक्षारोपन गरिएको हो । कमला बचाउ अभियानको अगुवाईमा सो कार्यक्रमलाई मूर्तरुप दिइएको हो ।
सो कार्यक्रमको क्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले कमला बचाउ अभियानीहरुको अभियान सान्दर्भिक र आवश्यक रहेको भन्दै अभियानीहरुलाई खुलेर प्रसंशा गरे । कमला नदी किनारलाई हरित बनाउनको लागि एवम् कमलाको पानीलाई सर्वसाधारणले हरेक तवरले उपभोग गर्ने गरी थालिएको बचाउ अभियान अति सराहनीय रहेको भन्दै सँयोजक विक्रम यादवलाई प्रसँशा गरे ।
अभियानी एवम् कमला बचाउ अभियानका सँयोजक यादवले प्रदेशका कानुनमन्त्रीले स्वयंम कमला नदीलाई भूतमेला, कार्तिक पूर्णीमालाई पर्यटकीय बनाउको लागि प्रतिवद्धता तथा हरित प्रदेश अभियान अन्तर्गत गरेको घोषणा आफैंमा गौरवान्ति रहेको बताए । उनले भने, - "आज कमला बचाउ अभियानीहरुको लागि खुसीको खवर छ, ठुलो उपलब्धी भयो, मन्त्री ज्यूले स्वयमं पुगेर कमला नदीलाई हराभरा बनाउने प्रतिवद्धता जाहेर गर्नभयो र पटेर्वा स्थित कमला नदी किनारमा रहेको संरक्षित तारबार लगाएको ६०० हेक्टर जग्गामा वृक्षारोपण गर्नुभएको छ । अभियान सफलता बाटोमा अग्रसर छ ।"

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…