गाडीसहित डेढ करोड बढीको अबैध सामान रौतहट प्रहरीको फन्दामा
पछिलो समय रौतहटमा तस्करी बढदै गएको गुनासो आउन थालेपछि प्रहरीले सो कदम चालेको थियो ।

२०७६ भदौ ६ शुक्रबार, राति ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले ठुलो परिमाणमा अबैध भारतीय सामानका साथै तीनवटा चारपांग्रे गाडी र ४३ वटा मोटरसाईकल बरामद गरेको छ । सिमावर्ती भारतीय बजारहरुबाट भन्सार छली तस्करीको माध्यमले रौतहट भित्र्याउने क्रममा अबैध कपडा, किराना, कस्मेटिक्स, लगायतका डेढ करोड मूल्यभन्दा बढीको सामान र उक्त गाडी प्रहरीले बरामद गरेको हो ।
यो वर्षको चार महिनाभित्र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विषेश टोली र जिल्लाका विभिन्न युनिटले कूल १ करोड, ५९ लाख, चार सय ३९ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता नविन कार्कीले बताए ।
सोही अवधिमा तस्करीमा प्रयोग गरिएको तीनवटा चारपांग्रे गाडी र ४३ थान मोटरसाईकल बरामद गरेको प्रवक्ता कार्कीले बताए । पछिलो समय रौतहटमा तस्करी बढदै गएको गुनासो आउन थालेपछि प्रहरीले सो कदम चालेको थियो ।
साथै सो क्रममा तस्करीमा संलग्न ११ जना तस्कर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लाको सिमावर्ती भारतीय बजार बैरगनिया, कुण्डवा चैनपुर, घोडाशहन, छौडादानो लगायतका बजारबाट तस्करहरुले विभिन्न भारतीय सामान खरिद गरी नरकटिया, राजपुर, बंकुल र कचोर्वा नाकाबाट सामान जिल्लामा भित्र्याउने गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…