महोत्तरीमा एक पुरुषको शव फेला !
शव पोस्टमार्टमका जलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२०७६ भदौ ६ शुक्रबार, बेलुकी ६:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा एक पुरुषको बेवारिशे शव फेला परेको छ । महोत्तरीको औरही नगरपालिका १ स्थित बजारभन्दा करिब १ किलोमिटर उत्तर मृत्यू भएको अवस्थामा पुरुषको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जनाए अनुसार, केही समयदेखि त्यस क्षेत्रमा मागी खाने अन्दाजी ५०–५५ वर्षका देखिने ती पुरुषको शव आज (शुक्रबार) अपरान्ह ५ बजेतीर फेला परेको छ । उनको परिचय खुल्न सकेको छैन ।
मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्वास्थ्य अवस्था राम्रो नभएर लडेर मृत्यू भएको हुनसक्ने एसपी अधिकारीले बताए । शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…