सिरहाका बाढी पीडितलाई बुद्ध एयर, एनसीईसी, राजभण्डारी परिवार र सूर्या नेपालको कपडा
कपडा पाएपछि खुशी हुँदै उनीहरुले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे ।

२०७६ भदौ ६ शुक्रबार, बिहान ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको विभिन्न गाउँपालिका तथा नगरपालिकाका बाढी पीडितलाई कपडा वितरण गरिएको छ ।
बुद्ध एयर र एनसीईसी गु्रप (नेपाल कन्सट्रक्सन एण्ड इन्जिनियरिङ्ग कोपरेशन) ले राजभण्डारी परिवार र सूर्या नेपालको सहयोगमा उनीहरुलाई कपडा बाँडिएको हो ।
भगवानपुर गाउँपालिका वडा नम्बर १ नयाँ कल्याणपुर, पुरानो कल्याणपुर, वडा नम्बर ४ मुसहरी टोल, डोम वस्तीमा राहत स्वरुप साडी वितरण गरिएका छन् । सखुवानन्काकरकट्टि गाउँपालिका वडा नम्बर ३ को महदेवा पोर्ताहा मुसहर वस्ती, मिर्जापुर मुसहर वस्ती, लहान नगरपालिका २० का हरिनगरा मुसहर वस्तीमा साडी वितरण गरिएका छन् ।
त्यसैगरी, लहान नगरपालिका १४ वस्तीपुर मुसहर वस्ती, लहान नगरपालिका २४ झुटकी मानिक दह मुसहर वस्ती, डाँडाटोलमा पनि राहतका साडी, सर्ट र टिर्सट बाँडिएका छन् । यी वडाहरुमा दाताहरुको सहयोगमा सानो पाइला संस्थाको आयोजनामा १ हजार महिलालाई साडी र ५ सय पुरुषलाई सर्ट र टिर्सट वितरण गरिएका छन् ।
कपडा पाएपछि खुशी हुँदै उनीहरुले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…