नेपाल शिक्षक महासंघ सिरहाको कार्यसमिति गठन, अध्यक्षमा यादव
घोषणा सभा कार्यक्रममा जिल्लाको विभिन्न स्थानबाट उल्लेख्य संख्यामा शिक्षक शिक्षिकाहरु सरिक थिए ।

२०७६ साउन २३ बिहीबार, बेलुकी ५:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ सिरहाको जिल्ला कार्यसमिति गठन गरिएको छ ।
महासंघको मंगलबार सिरहा सदरमुकाममा सम्पन्न जिल्ला समिति घोषणा सभाबाट १७ पदाधिकारी सहित ३४ सदस्यीय कार्यसमिति गठन गरिएको हो । घोषणा सभाबाट महासंघको जिल्ला अध्यक्षमा देवकुमार यादव सर्वसम्मत चयन भएका छन् ।
यसैगरी, सह–अध्यक्षमा राम पुकार रायलाई चयन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा मनोज कुमार झा र अर्का उपाध्यक्षमा महिलाबाट किरण देवि महतोलाई चयन गरिएको छ । त्यस्तै, सचिवमा राज किशोर यादव, सहसचिवमा हरिदेव यादव, सियाराम यादव र महिलाबाट चन्दा कुमारी मण्डललाई चयन गरिएको छ ।
सभाले संस्थागत सहसचिवमा ९ जनालाई चयन गरेको जनाएको छ । यसमा महेश्वर यादव, योगेन्द्र मण्डल, लटु कुमार पुर्वे, संजय यादव, पतिराम यादव, देव कुमारी यादव, कमलेश पाठक, गोकर्ण थापा र अरुण कुमार सिंह परेका छन् ।
जिल्ला कार्यसमितिको सदस्यमा १७ जना शिक्षकहरुलाई राखिएको छ । समितिको सदस्यमा राम उदगार साह, ब्रहमदेव महतो, जागेश्वर कामति, विन्देश्वर यादव, डा. विनोद कुमार मण्डल, शिव नारायण यादव, ओम प्रकाश महतो, फूलदेव यादव, अरुण कुमार यादव, सिंहेश्वर पासवान, सत्य नारायण यादव, तारणी प्रसाद चौधरी, शिव नारायण यादव, राम गणेश यादव, हिरा कुमारी राउत, शम्भु साह र सुशील कुमार कर्ण रहेका छन् ।
घोषणा सभा कार्यक्रममा जिल्लाको विभिन्न स्थानबाट उल्लेख्य संख्यामा शिक्षक शिक्षिकाहरु सरिक थिए । कार्यक्रम सञ्चालन बौद्धिक शिक्षक नेता मानिने राष्ट्रिय शिक्षक मंच सिरहाका अध्यक्षसमेत रहेका शत्रुधन यादवले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…