लागु औषध सहित २ जना पक्राउ
पक्राउ परेका २ जना लिम्बू र स्कुटि उपर कानुनी कारबाही अगाडी बढाईएको साथै थप अनुसन्धान भईरहेको कार्कीले जनाए ।
२०७६ साउन २० सोमबार, बेलुकी ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । दुहबी नगरपालिका ५ स्थित बिच बाजार बाट २३ बर्षीय सन्तोष साही लागुऔषध सहित पक्राउ परेका छन ।
सोमबार दिउँसो ईलाका प्रहरी दुहबी बाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा जोगवनी नाकाबाट दुहबी तर्फ आउदै गरेको लु.२३ प ७६६ नम्बरको स्कुटि रोकी स्कुटिमा सवार इटहरी ७ बस्ने ३८ बर्षको मनबहादुर लिम्बू र इटहरी वडा नम्बर २० का लक्ष्मी लिम्बूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले चलाएको स्कुटिको सिटमुनी विकाजी भुजियाको खोल भित्र खानतलासी गर्दा सो भुजियाको खोल भित्र लुकाई छिपाई राखेको नाईट्रेसन १०० चक्की र स्पास्मो टोकसीयन २६४ चक्की लागु औषध बरामद गरेको ईलाका प्रहरी कार्यालय दुहबीका निरीक्षक प्रविण कार्कीले जनाएको छ ।
पक्राउ परेका २ जना लिम्बू र स्कुटि उपर कानुनी कारबाही अगाडी बढाईएको साथै थप अनुसन्धान भईरहेको कार्कीले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…