बाढी पीडितलाई नेविसंघको राहत
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकामा बाढी पीडितहरुलाई नेविसंघ राराव इकाई कमिटीले राहत वितरण गरेको छ। जनकनन्दनी गाउँपालिका वार्ड नं १ स्थित इनरवा, फुलवरिया र मल्हनियाका करिब दुई सय भन्दा बढी बाढी प्रभावित प्रत्येक परिवारलाई पाँच किलो च्युरा , पाँच किलो चामल र दुई प्याकेट चाउचाउ वि
२०७६ साउन ६ सोमबार, बिहान ११:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकामा बाढी पीडितहरुलाई नेविसंघ राराव इकाई कमिटीले राहत वितरण गरेको छ।
जनकनन्दनी गाउँपालिका वार्ड नं १ स्थित इनरवा, फुलवरिया र मल्हनियाका करिब दुई सय भन्दा बढी बाढी प्रभावित प्रत्येक परिवारलाई पाँच किलो च्युरा , पाँच किलो चामल र दुई प्याकेट चाउचाउ वितरण गरेको छ ।
बाढी सँगै भएकोे हावापानी परिवर्तनलाई मध्यनजर गर्दै स्वास्थलाई प्रभावित पारेको हुनाले राहत सहित स्वास्थ शिविरको पनि आयोजना गरेका थिए । स्वास्थ शिविरमा पुर्व संसद डाक्टर चन्द्रमोहन यादव आफैं चेकजाँच गरी औषधि वितरण गरेका हुन् । धनुषामा बाढीबाट सबैभन्दा बढी प्रभावित हुनेमा जनकनन्दनी गाउँपालिका रहेको छ। अविरल वर्षाका कारण आएको बाढीले जनकनन्दनी गाउँपालिकामा झण्डै घर परिवार घरवारविहीन भएका छन् ।
राहत बारे नेविसंघ राराव एकाइ कमिटीका अध्यक्ष सुजित यादवले छोटो प्रतिक्रिया दिदै भने - "धनुषा जिल्लाकै बाढी प्रभावित भएको क्षेत्र हो जनकनन्दनी गाउँपालिका त्यसैले हामी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका परिवारको साथ छौं भने सन्देशका साथ नै हामी पार्टीका विभिन्न अग्रज एवं साथीहरू मिलेर राहत संकलन गरि वितरण गरेका छौं । यस्तो बिपत्तको घडीमा चुनावी घरदैलो गर्न गइरहेको छैनौं त्यसले केही न केही लिएरै जानुपर्छ भनेर राहत संकलनको लागि प्रेरणा दिने पुर्व संसद माननीय दिनेश प्रसैला लाई विषेश धन्यवाद दिन चाहन्छु ।"
राहत वितरण कार्यक्रममा पुर्व संसद डा।चन्द्र मोहन यादव,दिनेश प्रसैला,भोला चौधरी,नेविसंघका जिल्ला सभापति संजय यादव,सजीव यादव नेविसंघ प्रदेश सदस्य पुष्पेन्द्र गोईत ,कमला नगरपालिका उप प्रमुख शिला मंडल,नवल किशोर यादव, सुमन्त यादव लगायतका कर्याकर्ताहरु राहत वितरण स्थलमा पुगेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुरेन्द्र यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…