कमला बचाउ अभियानी यादवलाई शहिदनगरको सम्मान
अभियानी यादवलाई शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले प्रशंसा गर्दै सम्मान गरे ।

२०७६ असार २० शुक्रबार, दिउँसो १:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । जलाधार संरक्षण तथा पर्यावरण अभियानी एवम् कमला बचाउ अभियानका अध्यक्ष विक्रम यादवलाई एक समारोहबीच सम्मान गरिएको छ ।
कमला बचाउ अभियान लिएर अभियान थालेका अभियानी यादवलाई धनुषाको शहिदनगर नगरपालिकाको तेस्रो नगरसभाको क्रममा सम्मान गरिएको हो । ऐतिहासिक एवम् मधेशको धरोहरको रुपमा रहेको कमला नदीको जलाधार संरक्षणको लागि चालेको कदम एवम पृथ्वी बचाउको मूल मन्त्र पर्यावरण बचाउको लागि थालेको प्रयासलाई सम्मान गर्दै उनलाई सम्मान गरिएको हो ।
अभियानी यादवले कमला बचाउ अभियानबाट सुरु गरेको अभियान अहिले पर्यावरण बचाउ क्षेत्रमा योग्दान दिदै आएका छन् । कमला नदीको जललाई संरक्षण एवम् शुद्ध गरी खाने योग्य बनाउने मिशनमा लागेका अभियानी यादवलाई शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले प्रशंसा गर्दै सम्मान गरे ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेल, नगर प्रमुख उदय कुमार बरबरिया र उपमेयर शिला देवी कापरले सँयूक्त रुपमा उनलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । कमला नदीको केही भाग शहिदनगर नगरपालिका समेत छोएकोले त्यसको बचाउको लागि र संरक्षणको लागि नगरपालिकाबाट समेत बजेट विनियोजन गर्ने आवश्वासन दिँदै अभियानी यादवलाई सम्मान गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…