करेन्ट लागेर एकको मृत्यु
मृतक लासको पोष्टमाटर्म जिल्ला अस्पताल गौरमा गराईएको प्रहरीले जनाएको छ।

२०७६ असार ८ आइतबार, बेलुकी ६:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट। करेन्ट लागेर गौर ९ सिर्सिया निवासी ४० वर्षिय रामचंद्र पासवानको मृत्यु भएको छ।
आज विहान करिव ११ बजेको समयमा आफ्नो खेतमा मोटर लगाइ पानी लगाउने क्रममा पासवानलाई सोहि मोटरको तारबाट करेन्ट लागेको थियो। घटना घाईते पासवानलाई उपचारको लागि जिल्ला अस्पताल गौर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
घटनाको सुचना लगतै जिप्रका बाट अनुसन्धान अधिकृत सहितको ( so-co) टोली खटिएको र मृतक लासको पोष्टमाटर्म जिल्ला अस्पताल गौरमा गराईएको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…