सर्लाहीमा दुई मोटरसाईकल ठोक्किँदा २ को मृत्यू, ४ घाईते !
२ ओटै मोटरसाइकलमा तीन–तीनजना चढेका र तीव्र गति रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ ।

२०७६ जेठ ३० बिहीबार, दिउँसो २:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश २ को सर्लाहीमा २ वटा मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको ज्यान गएको छ । अन्य चार जना घाइते भएका छन् ।
सर्लाहीको हरिपुर–७ मा बुधबार राति हरिपुरबाट इश्वरपुरको बयलवास जाँदै गरेको ना २५ प ६९२२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ५ प ७८८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २ ओटै मोटरसाइकलका चालकको ज्यान हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा इश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र यही नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बुधबार राति साढे १० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा बिहीबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।
२ ओटै मोटरसाइकलमा तीन–तीनजना चढेका र तीव्र गति रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…