कमला बचाउ टिम सिरहामा, वृक्षारोपण गरी नागरिकलाई सचेत गराइयो
साप्ताहिक अभियानको क्रममा अभियानी शर्मा र समाजसेवी साह थपिएपछि उनीहरुबीच बेग्लै उत्साह थपिएको थियो ।

२०७६ जेठ १८ शनिबार, बेलुकी ५:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । साप्ताहिक रुपमा कमला सफाईमा जुटेका कमला बचाउ अभियान का अभियानीहरु शनिबार सिरहा पुगेका थिए ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ४ चिकनाघाटमा कलमा नदीको महत्व र वृक्षारोपणको महत्वबारे स्थानीय सर्वसाधारणहरुलाई सचेतनात्मक अन्तरक्रिया गरेपछि कमला बचाउको लागि उनीहरु पनि तत्पर रहेको प्रतिक्रिया दिएका छन् ।
कमला बचाउ अभियानका अध्यक्ष विक्रम यादवको अगुवाईमा गएको टोलीले कमला नदी छोएको चिकनाघाटको कमला किनारमा कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलको विशेष उपस्थितिमा आम सर्वसाधारणहरुलाई कमला नदीको धार्मिक एवम् वैज्ञानिक महत्व बारे प्रकाश पारिको थियो । अध्यक्ष यादवले कमला नदीको महत्व र यसबलाई बचाउनै पर्ने आवश्यकताबारे प्रकाश पारेका थिए ।
अभियानको क्रममा बोल्दै मेयर मण्डलले कमला बचाउ अभियान एक अति महत्वपूर्ण अभियान भएको बताउँदै यसमा नगरपालिकाबाट हुने सहयोग र आफूले गर्नुपर्ने सहयोगको लागि तत्परता देखाए । कमला नदी संरक्षणको लागि त्यसको पानीलाई शुद्धिकरण गरी नगरका जनतालाई सहजै उपलब्ध गराउन सके सुनमा सुगन्ध हुने बताएका थिए ।
वडाअध्यक्ष दिपेन्द्र बरबरिया यादवको अध्यक्षतामा गरिएको संक्षिप्त अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयहरुले हरेक तवरबाट कमला नदीको अस्तित्व बचाउको लागि आफूहरु तयार रहेको प्रतिवद्धता जाहेर गरेका हुन । कमला नदी धार्मिक र एतिहासिक महत्व बोकेको कारण पनि त्यसको संरक्षणको लागि आफूहरुले नै जुटनुपर्ने बताएका थिए ।
आजको साप्ताहिक कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी भएका चिरपरिचित अभियानी एवम कमला बचाउ अभियानका सल्लाहकार सुरेश शर्मा , असहाय संरक्षण मंच अध्यक्ष समाजसेवी बैजनाथ साह, वडाअध्यक्ष मो. मोतिबुल राइन , कमला बचाउ अभियानका अभियानि बिनोद महरा, सुरेन्द्र यादव , श्रीप्रसाद यादव , राजकिशोर सलहैता लगायतले कमला बचाउ अभियानको खुलेर सराहना गरेका थिए ।
साप्ताहिक अभियानको क्रममा अभियानी शर्मा र समाजसेवी साह थपिएपछि उनीहरुबीच बेग्लै उत्साह थपिएको थियो । बिभिन्न समाजसेवी नागरिक समाजको उपस्थितिमा पर्यावरण दिवसको अवसर पारेर त्यसको महत्त्व बारे जनचेतना फैलाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…