अपन मिथिला सेवा समाजको सामाजिक रुपान्तरण अभियान : धनुषामा यस्तो तालिम !
संस्थाको यो प्रयासले समाज नयाँ दिशामा मोडिने र सम्पन्न समाज निर्माणको लक्ष्य पूरा हुने विश्वास लिइएको छ ।

२०७६ जेठ १४ मंगलबार, बेलुकी ६:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सामाजिक रुपान्तरणको उद्देश्य बोकेर पछिल्लो समय उदाएका अपन मिथिला सेवा समाजको आयोजनामा धनुषाको विदेह नगरपालिकामा ३ महिने सिलाई कटाई तालिम शुभारम्भ गरिएको छ ।
समाजको स्तर उकास्न तथा आत्मनिर्मर बनाउन विभिन्न अभियान चलाइरहेका अपन मिथिला सेवा समाजले विदेह नगरपालिकाको ९ वटै वडामा ३ महिने सीपमूलक सिलाई कटाई तालिम सुरु गरेको हो ।
३ महिनासम्म चल्ने तालिमको विदेह नगरपालिकाका मेयर बेचन दासले आईतबार विधिवत् रुपमा उद्घाटन गरेका छन् । तालिममा महिला र पुरुष गरी करिब ५ बढीको सहभागिता रहेको समाजको प्रदेश २ का सुपरभाईजर मंसाराम यादवले जानकारी दिए ।
सिलाई कटाई सम्बन्धि सीपमूलक तालिमको माध्यमबाट स्वरोजगार सृजना हुने र आर्थिक रुपमा समाजलाई सशक्त बनाउने सुपरभाईजर मंसाराम यादवले जनाए ।
तालिमलाई उद्घाटन गर्दै नगरप्रमुख दासले अपन मिथिला सेवा समाजले समाजको स्तर उकास्न चलाएको अभियान र गरिरहेको प्रयासलाई खुलेरै प्रशंसा गरे । संस्थाको यो प्रयासले समाजमा नयाँ आयाम कायम हुने उनले विश्वास लिए ।
सिलाई कटाई सम्बन्धि सीपमूलक तालिमको माध्यमबाट स्वरोजगार सृजना हुने र आर्थिक रुपमा समाजलाई सशक्त बनाउने सुपरभाईजर यादवले जनाए । सामाजिक रुपान्तरणको अभियान अन्तर्गत यस प्रकारको तालिम संचालन गरेको तथा यो सीपमूलक तालिम पाएपछि आत्मसम्मानका साथ परिवारमा बस्न सकिने उनले विश्वास लिए ।
समाजमा भइरहेको विभिन्न समस्याहरुको विरुद्धमा सक्रिय भई सभ्य समाजको निर्माण गर्न मैदानमा आएका यस संस्थाप्रति सहभागिहरु प्रफुलित देखिएका छन् । समाज आत्मनिर्मर होस् भन्ने उद्देश्य लिएर सामाजिक रुपान्तरणको अभियानमा होमिएको समाजका निर्देशक सि.ए. सतिष कापरले बताए ।
यस संस्थामा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुले आर्थिक रकम जुटाएर यसअघि खाडी मूलुकहरुबाटै नेपाल तथा विदेशमा रहेका नेपालीहरुलाई समस्या परेका बखत आर्थिक तथा भौतिक सहयोग गर्ने गरेको थियो । अब भने यस संस्थामा आवद्ध वैदेशिक रोजगारीमा रहेका युवाहरु तथा सहभागिहरु समेतको आर्थिक सहयोगमा नेपालमै सक्रिय भएर विभिन्न सामाजिक रुपान्तरणका कार्यक्रमहरु संचालन गर्न थालेका छन् ।
यस तालिमको माध्यमबाट सिलाई कटाईसम्बन्धि क्षमता विकास हुनुको साथै समाज नयाँ दिशामा मोडिने र सम्पन्न समाज निर्माणको लक्ष्य पूरा हुने विश्वास लिइएको छ ।
तालिम उद्घाटन कार्यक्रममा नगरप्रमुख बेचन दास, प्रमुख प्रशासकीय अधिकृत संजिप साह, ९ वटै वडाका वडाध्यक्षहरु, संस्थाका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिवी, समाजसेवी, सर्वसाधारण लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…