नगरका महिला र युवाहरु समृद्धितर्फ उन्मुख हुँदैछ : मेयर गोईत
न्यूज ब्यूरो, धनुषा । कमला नगरपालिकाका मेयर राम उदगार गोईतले कमला नगरका महिला र युवाहरु समृद्धिको बाटो तर्फ भर्खर प्रस्थान गरेको बताएका छन् । धनुषाको कमला नगरपालिका वडा नं. २ मा विहिबारदेखि सँचालन भएको महिला शसक्तिकरण तथा वैदेशिक रोजगार सम्बन्धी तिनदिने तालिमलाई उदघाटन गर्दै मेयर गोईतले नगरपालिका वि

२०७६ जेठ ९ बिहीबार, बेलुकी ६:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । कमला नगरपालिकाका मेयर राम उदगार गोईतले कमला नगरका महिला र युवाहरु समृद्धिको बाटो तर्फ भर्खर प्रस्थान गरेको बताएका छन् ।
धनुषाको कमला नगरपालिका वडा नं. २ मा विहिबारदेखि सँचालन भएको महिला शसक्तिकरण तथा वैदेशिक रोजगार सम्बन्धी तिनदिने तालिमलाई उदघाटन गर्दै मेयर गोईतले नगरपालिका विकास तर्फ उन्मुख भएको भन्दै नगरका महिला र युवाहरुको लागि आगामी कार्ययोजनामा बेरोजगारी न्यूनिकरणको योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
समाजिक सँस्था दतिल युवा सञ्जाल केन्द्र धनुषाको आयोजनामा सुरु भएको महिला शसक्तिकरण सम्बन्धी तालिम कार्यक्रम र उज्यालो नेपालको आयोजनामा सँचालन भएको वैदेशिक रोजगार सम्बन्धी तीन दिने तालिमलाई उद्घाटन गर्दै उनले नगरका युवाहरुले वैदेशिक रोजागरीको क्रममा जाँदा महत्वपूर्ण कागजातहरु साथमा नलिँदा तथा अन्य कागजातहरु समेत एकप्रति घरमा छाडेर नजाँदा विना प्रमाणको आधारमा दुःख पाउने गरेको औल्याएं ।
उज्यालो नेपालकी अध्यक्ष सुनिता देविको अध्यक्षता एवम् नगर प्रमुख गोईतकै प्रमुख आतिथ्यमा सम्पन्न तालिम उदघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश यादवले नगरकी महिलाहरु समृद्धिको बाटोमा जान लागेकी बताएका छन् । सो अवसरमा उनले नगरकी महिलाहरुले आफ्नै ठाउँबाट रोजगारीको लागि अग्रसर हुनुपर्ने बताए ।
वर्तमान समुदायमा वैदेशिक रोजगारमा बढी समस्या देखिएको हुनाले यस तालिममा सफलतापूर्वक सम्पन्न गरी तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रम अधिकृत यादवले गरे ।
कमला नगरपालिकाको आर्थिक सहयोगमा र गैर सहकारी संस्था उज्यालो नेपालको समन्वयमा ३ दिने तालिम सुरु भएको हो । दुवै तालिममा नगरपालिकाको ९ वटै वडाबाट ८/८ जना सहभागी गराईएको हो । बैदेशिक रोजगारी सम्बन्धी तालिममा प्रत्येक वडाबाट ४/४ जना दलित वर्गका युवाहरुलाई सहभागी गराइएको छ भने महिला सशक्तिकरण तालिममा प्रत्येक वडाबाट ४/४ जना दलित समुदायकी महिलाहरुलाई सहभागी गराईउको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…