देशभरका पत्रकार आन्दोलित
तत्काल विधेयक फिर्ता गर्ने उनको माग थियो ।
२०७६ जेठ ३ शुक्रबार, दिउँसो ३:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिडिया काउन्सिल विधेयकको बिरोधमा पत्रकारहरुले हरेक जिल्लाको जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शन गरेका छन् ।
पत्रकारहरुले प्रशासन अगाडि सञ्चार सामाग्री क्यामरा ,रेकर्डर लगायतका सामाग्री भुईमा राखेर प्रदर्शन गरेका थिए । विधेयका राखिएका केही प्रावधाने नागरिकको स्वतन्त्रता समेत हनन गर्ने र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने अवस्था आएको भन्दै पत्रकार महासंघको अगुवाइमा देशैभर पत्रकार आन्दोलित भएका हुन ।
यसैक्रममा विभिन्न जिल्ला सहित सुनसरीमा समेत पत्रकारहरुले विद्येयक विरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शन पछि कोण सभामा बोल्दै महासंघका पूर्व अध्यक्ष हर्ष सुब्वाले राज्यले पत्रकारहरुलाई नियोजित रुपमा नियन्त्रणमा राख्नु खोजेको आरोप लगाए । तत्काल विधेयक फिर्ता गर्ने उनको माग थियो ।
पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले सरकारले आम जनताको सुचनाको हकमा बन्देज लगाउने तयारी मान्य नहुने बताए । विधेयक तत्काल फिर्ता गर्न माग गदै खड्काले भने समाचार लेख्नेहरुलाई सरकारले खेद्ने काम गरेको आरोप लगाएका थिए ।
विरोध कार्यक्रममा प्रेस युनियन सुनसरी अध्यक्ष धनबहादुर पुरी , प्रेस सेन्टर प्रदेश १ का संयोजक राजन केडी,प्रेस मञ्च नेपालका १ संयोजक चन्दन रौनियार अन्य पत्रकार संघठनहरुको प्रतिनिधि लगायत ७० जना भन्दा बढि पत्रकारहरुको उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…