मिथिला भजन किर्तन समुहद्धारा अनाथलाई राहत
बिनय यादव, सिरहा, ७ पौष । रोजगारीको सिलसिलामा विभिन्न पेशामा संलग्न रही साउदी अरबमा बस्दै आइरहनु भएका नेपालीहरु द्वारा गठित मिथिला भजन किर्तन समुहले संकलन गरेको रकम अनाथ बालबालिकालाई सहयोग गरेको छ । समुहले धनुषाको हंसपुर नगरपालिका-०९ मोरहा टोलका स्व. दिनेश पासवानको अनाथ बालबालिकालाई आर्थिक सहयोग गरे

२०७४ पुस ७ शुक्रबार, राति ९:२२ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, ७ पौष ।
रोजगारीको सिलसिलामा विभिन्न पेशामा संलग्न रही साउदी अरबमा बस्दै आइरहनु भएका नेपालीहरु द्वारा गठित मिथिला भजन किर्तन समुहले संकलन गरेको रकम अनाथ बालबालिकालाई सहयोग गरेको छ ।
समुहले धनुषाको हंसपुर नगरपालिका-०९ मोरहा टोलका स्व. दिनेश पासवानको अनाथ बालबालिकालाई आर्थिक सहयोग गरेको हो । सहयोग रकम रेमिट्यान्सको माध्यमबाट युवा पत्रकार बिनय यादव मार्फत उक्त अनाथ बालबालिकालाई हेरचाह एवं नेतृत्व गर्दै आइरहेका श्री नव ज्योति युवा क्लबमा आवद्ध सदस्य र स्थानीय समक्ष ती बालबालिकालाई आज (शुक्रबार) सो सहयोग रकम हस्तान्तरण गरिएको छ ।
अनाथ बालबालिकाका लागि समुहद्वारा सहयोगार्थ संचालित अभियानबाट संकलित २६ हजार ४ सय ५५ रुपैयाँ सहयोग प्रदान गरिएको र समाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले आगामी दिनहरूमा पनि बालगृह तथा अन्य दु:खी, असहाय, पीडितलाई सहयोग गर्न सदैव तत्पर रहने संस्थाका अभियन्ता श्री विन्देश्वर यादव, श्री बिष्णु यादव र श्री महाजन मण्डल लगायतकाले प्रतिबद्धता जनाउनु भयो ।
सहयोगको रकम हस्तान्तरण गर्दै बिदेशमा रगत र पसिनाको कमाईबाट आफ्नो परिवारको गाँस काटी गरिएको सहयोगले बालबालिकाको जिवनयापनमा धेरै सहयोग पुग्ने भन्दै श्री नव ज्योति युवा क्लबका अध्यक्ष जयप्रकाश मण्डल र कोषाध्यक्ष राजेश सक्सेना लगायत स्थानीयले दाताहरुलाई धन्यवाद ज्ञापन गरे ।
सहयोगको निमित्त समुहमा आवद्ध साउदी अरबको रियाद स्थित अल-रसीद एविटङ, अल्मराई र वादिम मरामार कम्पनीमा कार्यरत नेपालीहरुले सहयोग रकम संकलनका लागि अभियान नै सञ्चालन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…