धनुषाको यी विद्यालयमा अब डिजिटल हाजिरी, मोबाईल पूर्णतः निषेध
सामुदायिक विद्यालयको अवस्था सुधारको लागि यो प्रणाली लागू गरिएको जनाइएको छ ।

२०७६ बैशाख २३ सोमबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि डिजिटल हाजिरी लागू गरिएको छ भने मोबाईल विद्यालयमा पूर्ण निषेध गरिएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै नगरको शिक्षा स्थितिमा सुधार तथा विद्यालको पठनपाठनमा गुणस्तरीयता प्रदान गर्नको लागि धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ स्थित रहेको माध्यमिक बिधालय प्रीतपुर पर्वतामा फिङ्गर छाप डिजिटल हाजिरी लागू गरिएको छ ।
विद्यालयको समयमा कुनै कर्मचारी अनुपस्थित भएमा पछि पनि हाजिरी गर्ने व्यवस्थालाई हटाउँदै डिजिटल हाजिरीबाट समयमा नआउने कर्मचारीको हाजिरी स्वतः कट्टा हुनेछ भने त्यसमा हाजिरी नभएको खण्डमा कारवाही समेत गरिने वडा नं. ५ का वडाध्यक्ष इन्द्र कुमार महतोले बताए।
यसका साथै विद्यालयको समय अवधिभरी मोबाईल फोन स्वीच अफ राख्नुपर्ने व्यवस्था समेत लागू गरिएको छ । विद्यालय समय अवधीमा कसैले मोबाईल फोन प्रयोग गरेको पाईएको खण्डमा मोबाईल सिज गरिने नियम लागू गरिएको छ । "यदि कुनै बिद्यार्थी मोबाईल फोन लिएर आएमा मोबाईल सिज गरिने छ कसैलाई स्कुल क्षेत्रभित्रमा गलत गतिविधिका साथै कुनै त्यस्तो पाईएमा छुट हुनेछैन कारवाही गरिनेछ ।" - वडाध्यक्ष महतोले भने ।
उक्त विद्यालयमा ९ सय बढी विद्यार्थीहरु अध्ययन अध्ययापन गरिरहेका छन् । सामुदायिक विद्यालयको अवस्था सुधारको लागि यो प्रणाली लागू गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…