सिरहामा पटक–पटक चोरको आतंक, प्रहरी प्रशासन मौन
गणेश कुमार ठाकुर (शर्मा) सिरहा,पौष ६ गते । सिरहा सदरमुकाम लागयत आसपासका गाउँहरुमा बुधबार राती सुरुङ खनेर चोरी गर्ने चोरको आतंक बढेको छ । सिरहा नगरपालिका वडा नं. ७ महिसोथा मा प्रेम लाल महराको घरमा सुरुङ खनेर लगभग ७० हजार बराबरको नगद २५, चाँदीको हौसली २५ तोलाको १ थान, मोबाइल २ थान, लताकपडा लगायतको साम

२०७४ पुस ६ बिहीबार, बेलुकी ७:४५ बजे२ मिनेट पढाइ

गणेश कुमार ठाकुर (शर्मा) सिरहा,पौष ६ गते ।
सिरहा सदरमुकाम लागयत आसपासका गाउँहरुमा बुधबार राती सुरुङ खनेर चोरी गर्ने चोरको आतंक बढेको छ । सिरहा नगरपालिका वडा नं. ७ महिसोथा मा प्रेम लाल महराको घरमा सुरुङ खनेर लगभग ७० हजार बराबरको नगद २५, चाँदीको हौसली २५ तोलाको १ थान, मोबाइल २ थान, लताकपडा लगायतको सामनाहरु चोरी गरिएको छ ।
त्यस्तै कैला मुखियाको घरमा सुरुङ खने पनि चोरी गर्न सकेको छैन । छिमेकीले चोरहरुलाई देखेर हल्ला गरेपछि चोरहरु भागेका थिए । त्यस्तै सिरहा नगरपालिका वडा नं. ८ मलिया टोल महिसोथामा महमुद मियाँको घरमा पनि सुरुङ खनेर नै लगभग ३० हजारको लताकपडा लगायत घरायसी सामानहरु लगेको पिडितले बताएका छन् ।
त्यस्तै सिरहा नगरपालिका वडा नं. १२ को सारस्वरमा ३ जनाको घर सुरुङ खनेर नै चोरी भएको छ । सारस्वरमा मो। महमुद राइनको घरमा ८५ हजारको चोरी भएको छ । त्यस्तै मो। आमिल मियाँ र तेतरी खातुनको घरमा समेत चोरी भएको स्थानीय मनोज मण्डलले बताएका छन् ।
त्यस्तै सिरहा सदरमुकाममा रहेको सूर्य नारायण सत्य नारयण मोरबैता यादव बहुमुखी क्याम्पसको भौतिक विज्ञान प्रयोगशालाको कोठा नं. २२ को ताला फुटाई कोठा नं। २५ मा सामानहरु राखेको छ भने कुनै सामान नलगेको क्याम्पस प्रमुख रामहित यादवले बताएका छन् ।
भने उक्त घटनाको छानबिनको लागि क्यापसमा राती पालो पहरामा बस्ने सर्ना पासमानलाई जिल्ला प्रहरी कार्यालय सिरहाले सोधपछको लागि लगिएको छ । त्यस्तै जिल्लाको कर्जन्हा नगरपालिका।.११ मा ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेको छ ।
सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी भएको हो । यस्तै राम बहादुर राउत र जय किशोर महराको घरमा सुरुङ खनेका छन् । सरोजको घरवाट १ लाख २० हजार नगद, आधा तोलाका सुनका गरगहना र लत्ताकपडा चोरी गरेका छ्न् ।
धर्मेन्द्रको घरवाट २० हजार नगद र आधा तोला सुनका तिलहरी, प्रेमा यादवको घरवाट ४० हजार, रामपुजन घरवाट ४० हजार नगद, सुनका आधा तोलाका गरगहना चोरी गरेको प्रहरी चौकी कर्जन्हाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चोरीको घटनाको बारेमा अनुसन्धान भइरहेको हालसम्म कसैलाई नसमातिएको भनी बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…