दहेज प्रथालाई अर्काे तामाचा : 'कसम खाएको थिए, दाईजो लिएर कहिले पनि विहे गर्दिन्न'
म दाईजोको कट्टर विरोधी हुँ र यो मधेशबाट अन्त्य हुनुपर्छ र सुरुवात पनि हामीबाट नै गर्नुपर्छ |

२०७६ बैशाख १८ बुधबार, बेलुकी ६:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दाईजो (दहेज) कै कारण कैयौँ चेलीहरु उपर अत्याचार भईरहेको बेला मधेशमा विना दाईजाकै विहे गर्नेको सँख्या दिनानुदिन बढदै गएको देखिएको छ ।
यसैक्रममा धनुषाका एक परिवारले पनि बीना दाईजोकै आदर्श विवाह गरेर समाजमा प्रतिष्ठा कमाएका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ मँगलपुर बस्ने स्वर्गीय सूर्यनाथ साहका २९ बर्षिय छोरा कमलेश कुमार साहले बीना दाईजोकै पूर्ण आदर्श विवाह गरेर समाजको एक उदाहरण बनेका हुन् ।
तराई मधेशको मात्र हाईन देशको विभिन्न ठाउँको ग्रामिण भेकमा प्रायः जसो बीना दाईजोको विहे नगर्ने अवस्था रहेको बेला यस्तो समयमा कमलेशले प्रदेश नं. २ कै सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं. ४ बस्ने नथुनी साहकी २४ बर्षिय छोरी मोनिका साहसँग पूर्ण आदर्श विवाह गरेर ससुराली पक्षको पनि मन जित्न सफल भए ।
कमलेश र मोनिकाको विवाह भने गत वर्षकै फागुन महिनाको २० गते सम्पन्न भएको थियो । उनले भने,- "मैले पहिलेदेखि नै प्रण गरेको थिए की विना दाईजोकै विहे गर्छु , मिडियाहरुमा विना दाईजोको विहे गरेको समाचार आएपछि आफू पनि झन प्रेरित भएर गत केही महिना अघि नै गरिएको विवाहको बारेमा यस समाजलाई एक उदाहरणको रुपमा प्रस्तुत हुन खोजेको छु । दाईजो पाप हो, दाईजो लिएर को धनी बनेको छ र ? धनी बन्दैमा एक असल नागरिक र समाजमा बस्न लायक भित्रैभित्र कहाँ हुन्छ । म दाईजो लिएन, हाम्रोे परिवार अत्यन्तै खुसी छ । म दाईजोको कट्टर विरोधी हुँ र यो मधेशबाट अन्त्य हुनुपर्छ र सुरुवात पनि हामीबाट नै गर्नुपर्छ ।"
विगत केही दिन यता तराई मधेशमा विना दाईजोकै विहे गर्नेको सँख्या अधिक हुँदै गएको देखिएको छ । तराई मधेशमा दाईजो अभिशाप मानिएको बेला यी जोडीका परिवारले विना दाईजोको आदर्श विवाह गरेर समाजको एक ऐना बनेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…