जनकपुरका यी 'चायबाला' आफैंलाई अपहरण गरे !
सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा म्याद थप गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

२०७६ बैशाख ११ बुधबार, बिहान ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । केही दिन अघि जनकपुरबाट चायबाला अपहरणको रहस्य खुलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ स्थित चिया पसल थापेर व्यावसाय गर्दै आएका "चायबाला" ध्रुवनारायण कर्णले आफैंले आफैंलाई अपहरण गरेको रहस्य प्रहरी समक्ष खुलाएका छन् । अपहरणको नाटक गर्ने चायबला कर्णलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका साह अपहरणको नाटक रचेर भारत पुगेका थिए । उनले आफैले भेस्ट च्याती पसलको साँचो फालेर जटही नाका हुँदैभारतको दिल्ली पुगेको जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धानमा बयान दिएका हुन् ।
यो पनि पढनुहोस् : जनकपुरबाट 'चायबाला' को अपहरण, के भन्छ प्रहरी ?
साहुले ऋण तिर्न ताकेता गरेपछि यही वैशाख ५ गते बिहान उनले अपहरणको नाटक गरी भारत पुगे । तर त्यहाँ काम नपाएर जनकपुर फर्किदा अपहरणको नाटक रचेको रहस्य खुल्यो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।
कर्ण बेपता भएपछि उनका परिवारजन र आफन्तले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी पनि दर्ता गराएका थिए । अहिले पक्राउ परेपछि उनले ऋणबाट बच्न भारत भागेको बयान प्रहरी समक्ष दिएका छन् ।
अपहरणको नाटक रचेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला प्रशासनबाट सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा म्याद थप गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
यो घटनाको पहिलो समाचार
जनकपुरबाट 'चायबाला' को अपहरण, के भन्छ प्रहरी ?
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…