जनकपुरबाट 'चायबाला' को अपहरण, के भन्छ प्रहरी ? 

अपहरण भएको भए अपहरणकारीले फिराती माग परिवारजनसँग गर्ने भएकोले आशंका पनि मोडिएको छ । 

२०७६ बैशाख ६ शुक्रबार
बिहान ०७:३७ बजे
न्यूज ब्यूरो | नेपाल
Photo : Google.com


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा अपहरण प्रकरणका घटना चरम सीमा नाध्दै गएको देखिएको छ । 


धनुषाबाटै एक नाबालिका अपहरणमा परेको ४ दिन नबित्दै जनकपुरबाटै पुनः एक चिया पसले अपहरणमा परेका छन्  । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ बस्ने अन्दाजी बर्ष ४० का ध्रुवनारायण लाल कर्ण अपहरणमा परेको प्रहरीले जनाएको छ । 


जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मिल्स एरियामा रहेको चिया पसल खोल्न बिहिवार बिहानै ४ बजे पसलतर्फ लागेको तथा पुनः फिर्ता नआएको परिवारजनले जनाएको छ । परिवारजनलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले उनको अपहरण भएको हुन सक्ने अनुमान गरेको छ । 

 

पसलको सटर बन्द नै रहेको ताल्चा मात्रै खुलेको र उनले लगाएको भेस्ट च्यातिएको अवस्थामा पसल अगाडी फेला परेकाले उनको अपहरण भएको हुन सक्ने आशंका बेपत्ता कर्णको सालो धीरज कुमार कर्णले जनाए । 


व्यापारी कर्णको पसलमा दूध बेच्न आउने व्यापारीले उनको पसलको ताल्चा खुलेको र सटर बन्द रहेको कुरा घरमा खवर गरेपछि धीरजले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । त्यस्तै दुई दिन अगाडी धनुषाको धनुषाधाम नगरपालिका बस्ने १२ बर्षीया बबि कुमारी महतो अपहरणमा परेकी थिइन् ।

 

कर्णलाई बेपत्ता भएको २४ घण्टा वितिसक्दा पनि फिरौतीको लागि कुनै फोन वा जानकारी नआएको भन्दै अपरण नै भएको हो भनेर यकिन गर्न नमिल्ने बताइएको छ । अपहरण भएको भए अपहरणकारीले फिराती माग परिवारजनसँग गर्ने भएकोले आशंका पनि मोडिएको छ । 

 

यता, जिल्ला प्रहरी कार्यालय धनुषका प्रहरी उपरिक्षक शेखर खनालले दिएको जानकारी अनुसार प्रहरीले आफनो विशेष प्रहरी लगायत प्रहरीलाई पचिालन गरी व्यापक अनुसंन्धान भईरहेको र चाँडै नै अपहरण मुक्त गराउने एसपी खनालले जनाए । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

एक्सपायर केमिकल प्रयोग आरोपमा पक्राउ परेका नेश्नल मेडिकल कलेजका एमडी अन्सारीले गरे विरामीको बहाना

  • २०७६ बैशाख ६ शुक्रबार

न्यूज ब्यूरो, वीरगँज । वीरगँजस्थित रहेको नेशनल मेडिकल कलेजको ल्याबमा एक्सपायर (म्याद गुज्रेका) केमिकल प्रयोग आरोपमा पक्राउ परेका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी विरामीको बहाना गरी अस्पतालमा मस्ती गरिरहेको पाईएको

पूरा पढ्नुहोस्

Bureau Menus