श्रीमतीले ढुंगैढुंगाले हानेर गरिन श्रीमानको हत्या !
न्यूज ब्यूरो । ढुँगैढुँगाले हानेर श्रीमतिले आफ्नै श्रीमानलाई हत्या गरेकी छन् । पाल्पामा सोमवार श्रीमतीले श्रीमानलाई ढुङ्गा प्रहार गरि हत्या गरेकी छन् । अर्घाखाँचीको पाणेनी गाउँपालिका–२ का ४१ वर्षीय लोकबहादुर कुमाललाई ३९ वर्षीया श्रीमती मेगली कुमालले ढुंगा प्रहार गरी हत्या गरेकी हुन् । गम्भिर घाइते भ

२०७६ बैशाख ९ सोमबार, राति ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । ढुँगैढुँगाले हानेर श्रीमतिले आफ्नै श्रीमानलाई हत्या गरेकी छन् । पाल्पामा सोमवार श्रीमतीले श्रीमानलाई ढुङ्गा प्रहार गरि हत्या गरेकी छन् ।
अर्घाखाँचीको पाणेनी गाउँपालिका–२ का ४१ वर्षीय लोकबहादुर कुमाललाई ३९ वर्षीया श्रीमती मेगली कुमालले ढुंगा प्रहार गरी हत्या गरेकी हुन् । गम्भिर घाइते भएका लोकबहादुरको उपचारका क्रममा मृत्यु भएको पाल्पाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
पाल्पाको रैनादेवी गाउँपालिका–३ , छहरास्थित माइतीमा बिहान करिव ८ बजेको समयमा घरयासी विवादका क्रममा मेगलीले श्रीमान (लोकबहादुर) लाई ढुङ्गा प्रहार गरेकी थिइन् ।
एकै घरमा तीन अपाङ्ग थिए । श्रीमती सुस्तमनस्थितिकी र उनका तीन सन्तानमध्ये दुई सन्तान पनि अपाङ्ग रहेको एसपी पोखरेलले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…