कान्छो मेयरको कसरत : 'अब शिक्षा माफियालाई बक्सिने छैनौं'
हाम्रो नगरको शिक्षाभन्दा पनि भविष्यको कर्णाधारको सबाल हो । यसमा कुनै प्रकारको सम्झौता गर्न हामी तयार छैनौँ ।"

२०७६ बैशाख ९ सोमबार, राति ९:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव (कान्छो मेयर) ले विद्यालय व्यवस्थापनको लागि नयाँ कार्यदल बनाएका छन् ।
सोमबार मेयर बरबरियाकै सँयोजकत्वमा बसेको बैठकबाट विभिन्न निकाय पदाधिकारीहरु सम्मलित नयाँ कार्यदल गठन गरिएको हो । नगरपालिका भित्र सँचालित अवैद्यानिक अर्थात विना दर्ताका विद्यालयहरुलाई बन्द गराउनको लागि नगर शिक्षा समिति, ईलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय रहने गरी कार्यदल गठन गरेका हुन् ।
अवैद्यानिक रुपमा सँचालित विद्यालय बन्द गराउनको लागि प्रदेश नं. २ मै सबभन्दा पहिले मेयर बरबरियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट त्यस्ता विद्यालयलाई कारवाहीको लागि समन्वय गरेका थिए । जिल्ला प्रशासन कार्यालय, शिक्षा समन्वय इकाई समिति धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले समेत मेयर बरबरियाको नीतिलाई हरियो झण्डी देखाएपछि त्यसलाई कार्यन्वयनको लागि एक पाईला अगाडी चालेका हुन् ।
नगरको शिक्षा मजबुत बनाउनको लागि प्रदेशमै शिक्षाको मामिलामा सबभन्दा बढी बजेट विनियोजन गरेका मेयर बरबरियाले देशको मेरुदण्डको रुपमा रहेको शिक्षासम्म पहुँच हरेक बालबालिकालाई बनाउने बताए । उनले भने,- "शिक्षाको लागि यतिको बजेट विनियोजन गरेका छौँ, यसपाली कोही छुटनु भएन र कोही ठगिनु भएन । नगरभित्र अवैद्यानिक रुपमा सँचालित विद्यालयलले उनीहरुको व्यवसाय बढाउन सक्ला तर नगरको बालबालिकाको भविष्यको जिम्मेवारी कसले लिने त ?"
समुदायिक वा सँस्थागत विद्यालय जुनसुकै विद्यालयमा भर्ना हुनुपर्छ तर सँस्थागत विद्यालयको नाममा अनुमति प्राप्त कक्षासम्म मात्र सँचालन गर्नुपर्ने धारणा प्रकट गरे । उनले भने,- "कक्षा ५ सम्मको अनुमति लिएर ८ कक्षासम्म सँचालन गरिरहेका र अवैद्यानिक विद्यार्थी भर्ना गरिरहेका विद्यालयको पालो अब सकियो । यसपाली कुनै गुञ्जायस छैन, बालबालिकाको भविष्यसँग खेलवाड गर्ने जोकोहीलाई हामी बक्सीदैनौं । हाम्रो नगरको शिक्षाभन्दा पनि भविष्यको कर्णाधारको सबाल हो । यसमा कुनै प्रकारको सम्झौता गर्न हामी तयार छैनौँ ।"
सो बैठक नगर शिक्षा समितिका सभापति रमरतन पासवानको सभापतित्वमा सम्पन्न भएको छ भन्ने नगर शिक्षा समिति सदस्य राजकुमार कर्माचार्य, प्रदिप कुमार साह, स्रोत व्यक्ति धनेश्वर यादब, ईलाका प्रहरी कार्यालय यदूकुहाका प्रहरी नीरिक्षक भीम खड्का, सशस्त्र प्रहरी इन्स्पेक्टर किस्माना तामाङ तथा नगर शिक्षा समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…