कान्छो मेयरद्धारा 'विद्यार्थी भर्ना अभियान' को श्रीगणेश, उत्कृष्टलाई पुरस्कार
वडाध्यक्ष मण्डल एवम् मेयर बरबरियाले सँयुक्त रुपमा उत्कृष्ट बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

२०७६ बैशाख ३ मंगलबार, राति ८:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ शैक्षिक सत्र सुरुवात भएलगत्तै कान्छो मेयर शैक्षिक भर्ना अभियानलाई नगरपालिकामा श्रीगणेश गरेका छन् ।
नयाँ शैक्षिक सत्र २०७६ सुरु भएपछि मेयर बरबरियाले नगर मातहतका सम्पूर्ण विद्यालयहरुलाई भर्ना अभियानलाई तीव्रता दिन ह्वीप जारी गरेका छन् । यसैक्रममा मँगलबार नगरपालिकाको वडा नं. ६ हडबारामा विद्यार्थी भर्ना अभियान २०७६ लाई मूर्तरुप दिएका छन् ।
"हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुरयाउँ"- भन्ने शिक्षाको मूलनाराका साथ बैशाख ३ गते अर्थात आजबाट भर्ना अभियानको सुरुवात गरेका हुन् । नगर विकासको लागि हरेक क्षेत्रमा रचनात्मक कार्य गर्दै आएका एवम् काँचो उमेरमै बहुप्रतिभाशाली नगर प्रमुखको रुपमा चिनिएका मेयर बरबरियाले शिक्षामा मात्र अधिक प्रतिशत बजेट विनियोजन गरेको भन्दै शिक्षा क्षेत्रमा प्रदेशमै बलियो हुने सुरुवात गरेको बताए ।
उनले भने, - "प्रथम चरणमा जिल्लाभरिमै शिक्षा क्षेत्रमा मजबुती ल्याउने प्रयास गरेका छौँ, दोस्रो चरणमा प्रदेशमै उत्कृष्ट शिक्षाको परिचय दिनेछौँ । हामी धनुषाको शहिदनगर नगरपालिकाबाटै बौद्धिक, कर्णाधार र उत्तम एवम् एक सभ्य नागरिक बनाउन चाहेका छौँ । त्यो दिन धेरै टाढा छैन जब शहिदनगरका विद्याथीलाई देशको कुनाकुनामा उनको कौशलता र क्षमताले चिन्नेछ ।"
मेयर बरबरियाले विद्यालय भर्ना अभियानको सुरुवात गर्दै शिक्षा सम्बन्धी विभिन्न नाराहरु सहितको बैनर, प्लेकार्ड बोकेर विद्यालयका बालबालिकाहरुले समेत आ-आफना बालबालिकाहरुलाई विद्यालय सम्म पहुँच बनाउन ऐलान गरेको देखियो ।
प्रथम दिन हडबाराका वडाध्यक्ष राम एकवाल मण्डलको अध्यक्षता एवम् मेयर बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको एक समारोहबीच उत्कृष्ट बालबालिकाहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । वडाध्यक्ष मण्डल एवम् मेयर बरबरियाले सँयुक्त रुपमा उत्कृष्ट बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
शैक्षिक सत्र अन्तर्गतको विद्यालय भर्ना अभियानको क्रममा शहिदनगर नगरपालिकाको वडा नं. ९ नाथपट्टि विसरभोरमा समेत वडाध्यक्ष तनुकलाल यादवको अगुवाईमा विद्यालय भर्ना अभियान अन्तरर्गत आधारभूत विद्यालयमा ५६ जना बालबालिकाहरुलाई प्रथम दिनमै भर्ना गराउन सफल भएका छन् । सो कार्यक्रममा विद्यालयकी प्रधानाध्यपक अनिता देवी यादवले समन्वय तथा व्यवस्थापन गरेकी थिइन् ।
सो क्रममा बालबालिका सहित अभिभावक, शिक्षक शिक्षिका, प्रतिनीधि, युवा, महिलाहरुले समेत बालबालिकालाई विद्यालय भर्ना गराउन प्लेकार्ड बाकेर आव्हान गरेको थियो । सो कार्यक्रममा नगरकी उपमेयर शिला देबि कापर , वडा अध्यक्ष रामएकवाल मण्डल , वडा सदस्यहरु बिरेन्द्र कुमार मण्डल , निर्मला पासमान , स्रोत ब्यक्ति , धनेश्वर प्रसाद यादब, नगर शिक्षा सदस्य राजकुमार कर्माचार्य लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी अभिभावकले वडा परिक्रमा गरि शिक्षकले पढाउने होइन सिकाउने , शिक्षामा गुणस्तर वृद्धि गर्नुपर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…