राष्ट्रीय नदी शिखर सम्मेलन कर्णाली : कमला नदी बचाऊको लागि संस्थाहरुले लियो चासो
अभियानी सहित पर्यावरण वैज्ञानिकहरुले नदी बचाउको लागि चासो लिएको बताएका छन् ।

२०७५ चैत २७ बुधबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । कर्णालीमा सम्पन्न राष्ट्रिय नदि शिखर सम्मेलनमा कमला नदी बचाउको बारेमा अभियानी विक्रम यादवले पहल गरेका छन् ।
विभिन्न प्रदेशबाट कर्णाली प्रदेश पुगेका समाजसेवी, जलाधार संरक्षणकर्मी, पर्यावरण संरक्षणकर्मीहरुले कमला नदी बचाउनको लागि आफूहरुले पहल गर्ने बताएको अभियानका अगुवा विक्रम यादवले बताएका छन् । सम्मेलनमा सहभागी भएका यादवले प्रदेश नं. २ बाट प्रतिनीधित्व गर्दै कमला नदी बचाउको लागि विभिन्न देशबाट आएका पर्यावरण संरक्षकहरु समक्ष कमला नदी बचाउको लागि पहल गर्न आग्रह गरेपछि सहभागीहरुले साकारात्मकता देखाएको बताएका छन् ।
कमला नदी बचाउको लागि यस क्षेत्रमा काम गर्ने अन्य विभिन्न संघसंस्थाहरुले चासो लिएका छन् । यसैक्रममा, कम्युनिटी डेभेलपमेन्ट एण्ड एडभोकेसी फोरम नेपालले समेत कमला बचाउको लागि चासो लिएको अभियानी एवम् कमला जलाधार संरक्षण अभियानका अगुवा विक्रम यादवले जनाएका छन् ।

फोरमका अध्यक्ष नागदेव यादवले कमला नदी बचाउको लागि कमला जालाधार संरक्षण अभियानको लागि चाहिने आवश्यक समाग्री समेत प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको बताएका छन् । कम्युनिटी डेभेलपमेन्ट एण्ड एडभोकेसी फोरमका अध्यक्ष यादव वर्षौदेखि पर्यावरण बचाउ क्षेत्रमा काम गर्दै आएका छन् । उनले भने, - 'हाल रातू नदी लाई पहिले को भन्दा धेरै परिबर्तन भएको देख्न सकिन्छ ।'
यसअघि उनी धनुषा र महोत्तरीको सीमानाको रुपमा रहेको रातू नदि संरक्षणको लागि काम गर्दै आएका छन् । भारत, बँगलादेश, अमेरिका लगायतका पर्यावरण वैज्ञानिकहरुको एक हप्ते वृहत सम्मेलनको क्रममा यादवले कमला नदी बचाउको मूलभाव र उदेश्यको बारेमा प्रकाश पारेपछि अभियानी सहित पर्यावरण वैज्ञानिकहरुले नदी बचाउको लागि चासो लिएको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…