बाराका हावाहुरी प्रभावितको लागि धनुषाका युवाहरुद्धारा राहत संकलन तीव्र
उनले त्यस क्षेत्रका जनप्रतिनीधि, राजनीतिकर्मी, युवा अगुवाहरुलाई सहयोगको लागि अपिल समेत गरेका छन् ।

२०७५ चैत १८ सोमबार, दिउँसो ३:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार साँझ आएको भिषण हावाहुरीका कारण प्रभावित प्रदेश नं. २ को बारा र पर्सा जिल्लाको प्रभावित क्षेत्रमा राहतको लागि जनकपुरका युवाहरु सक्रिय भएका छन् ।
यसैक्रममा जनकपुरबाट राजपाका युवा नेता प्रशान्त झाले एकाविहानैदेखि जनकपुर बजारमा राहत संकलनको लागि चासो देखाउदै राहत संकलन कार्यपनि तीव्र पारेका छन् । नेता झाका अनुसार अहिलेसम्म पत्रकार राजकमल सिँह ५१ कार्टुन पानी, गौरी एण्ड उज्वल कन्सट्रक्सन जनकपुर १६ कपिलेश्वरद्धारा ५० केजी चुरा र, ५० प्याकेट दालमोठ, युवा गोविन्द यादवद्धारा २ बोरा चुरा, गौत्तम कुशवाहा २ कार्टुन चाउचाउ , अमित कुमार साह वडा सदस्य वडा नं. २ का चाउचाउ ४ कार्टुन र विस्कुट १ कार्टुन, बद्रिनाथ झा, चाउचाउ २ कार्टुन, विस्कुट १० प्याकेट र पिकविक २० पिस उपलब्ध गराएका छन् ।
साँझ आएको भिषण हावाहुरीका कारण अहिलेसम्म ३१ जनाको मृत्यूको खवर पुष्टि भएको छ भने ५०० बढी मान्छे घाईते भएको खवर छ । प्रदेश नं. २ मै पर्ने बारा र पर्सामा यस्तो दैविक प्रकोपपछि लागेको घाउमा मलहम लगाउनको लागि जनकपुरबाट युवाहरुले देखाएको अग्रसरता प्रशंसनीय छ ।
यसका साथै, जनकपुरबाट सँचालित प्रदेशस्तरीय मिडिया त्रिनेत्र न्यूज नेटवर्क (न्यूज ब्यूरो) को टिमले समेत धनुषाको पूर्वी उत्तरी क्षेत्रमा राहत संकलन गर्ने भएको छ । न्यूज ब्यूरोका धनुषाधाम शाखा प्रमुख एवम् पत्रकार विनय कुमार यादवको अगुवाईमा विभिन्न स्थानीय तहहरुबाट राहत संकलन गरी उक्त प्रकोपका घाईतेहरुलाई राहत दिने बताएका छन् ।
बाराको पीडालाई धनुषाले महसुस गरेको भन्दै पत्रकार यादवले भावुकता देखाउँदै राहत संकलन गरी प्रभावित क्षेत्र पुग्ने निधो गरेका छन् । उनले त्यस क्षेत्रका जनप्रतिनीधि, राजनीतिकर्मी, युवा अगुवाहरुलाई सहयोगको लागि अपिल समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…