जनकपुरको मटकाफोरमा जुनियरको कब्जा , झण्डै ५ घण्टा संघर्ष
न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरको पुलचोकमा मनाउँदै आएको मटकाफोर कार्यक्रममा यसपाली पनि मनाएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोक स्थित राजपाका युवा नेता किशन साह को अध्यक्षतामा भएको मटका फोर कार्यक्रममा पुलचोककै जुनियर ग्रुपले मटका फुटाउन सफल भएका हुन् । उनीहरु मटका फुटाउनक

२०७५ चैत ८ शुक्रबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरको पुलचोकमा मनाउँदै आएको मटकाफोर कार्यक्रममा यसपाली पनि मनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोक स्थित राजपाका युवा नेता किशन साहको अध्यक्षतामा भएको मटका फोर कार्यक्रममा पुलचोककै जुनियर ग्रुपले मटका फुटाउन सफल भएका हुन् । उनीहरु मटका फुटाउनको लागि समूहमै झण्डै ५ घण्टासम्म संघर्ष गरेको साहले बताए ।
विगत ९ वर्षदेखि निरन्तर रुपमा मनाउँदै आएको मटकाफोर कार्यक्रमका विजेताहरुलाई यसपाली एउटा खसी तथा नगद रु. २१००० रुपैयाँ समेत पुरस्कार प्रदान गरेका छन् । "उनीहरु झण्डै ५ घण्टा संघर्ष गरेका हुन्, दिउँसो १२ बजेदेखि सुरु भएको मटकाफोर कार्यक्रममा दुईवटा टिम सहभागी भएको थियो । जसमध्ये पुलचोककै सिनियर ग्रुप पराजित भएका छन् भने जुनियर ग्रुप लामो संघर्षपछि जीत हाँसिल गरेका छन् ।"- नेतृत्वकर्ता किशन साहले भने ।
करिब १५ मिटर माथि झुण्डयाइएको माटोको मटका फुटाउनको लागि दुवै टिम निकै संघर्ष गरेको थियो । द्धापर युगमा भगवान कृष्णले होलीमा मटकाफोर गरेको भन्दै त्यस रितिरिवाज र परम्परालाई कामय राख्नको लागि तथा मनोरञ्जनको दृष्टीकोणले पनि मटकाफोर कार्यक्रम गर्दै आएका छन् । मटकाफोर कार्यक्रममा ५०० बढी दर्शकहरु झुमेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…