परिक्रमा भोली सतोषर पुग्दै, मेयरदेखि लिएर मुस्लिम समुदायले पनि लगाए झाडु
न्यूज ब्यूरो, धनुषा । ऐतिहासिक एवम् मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा भोली शनिबार धनुषाको सतोषर पुग्ने भएको छ । शुक्रबार दशौं पडावस्थल धनुषाको पर्वताबाट धनुषाधाम पुगेका हजारौँ हजार सहभागी परिक्रमाको धार्मिक लस्कर भोली विहानै सबैला नगरपालिका वडा नं. ८ सतोषर कुशमाहा पुग्ने गनतव्य रहेको

२०७५ चैत १ शुक्रबार, राति ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । ऐतिहासिक एवम् मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा भोली शनिबार धनुषाको सतोषर पुग्ने भएको छ ।
शुक्रबार दशौं पडावस्थल धनुषाको पर्वताबाट धनुषाधाम पुगेका हजारौँ हजार सहभागी परिक्रमाको धार्मिक लस्कर भोली विहानै सबैला नगरपालिका वडा नं. ८ सतोषर कुशमाहा पुग्ने गनतव्य रहेको भन्दै नगरका मेयर विजय शंकर प्रसाद साहले परिक्रमावासीको स्वागतको लागि आफैँ झाडु उठाएका छन् ।
धार्मिक लस्करलाई स्वागतको लागि ललायित रहेको भन्दै आफ्नो नगरपालिकामा स्वागत गर्नको लागि आतुर हुँदै सतोषर क्षेत्रमा वृहत सरसफाई गरेका छन् । मेयर साहकै अगुवाईमा स्थानीय युवाहरुको सक्रियतामा परिक्रमावासीलाई स्वागतको लागि तथा बसोवासको लागि महादेव मन्दिर क्षेत्र समेत सरसफाई गरिएको हो ।
सो सरसफाई कार्यक्रममा कार्यक्रममा सबैला नगरपालिका मेयर बिजय शंकर प्रसाद साह, वडा अध्यक्ष कपिल राउत, पारश साह, संतोष साह, सुशिल राय, मानोकामना युवा क्लबका अध्यक्ष नाजिम धोबी लगायत स्थानीय प्रहरीको सँयुक्त सहयोगमा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा बोल्दै मेयर साहले भने, परिक्रमावासीको चरण हाम्रो नगरपालिकामा पर्नु नै सौभाग्य रहेको बताउँदै आफ्नो लागि पनि ऐतिहासिक भएको जिकिर गरे । उनले आफू परिक्रमावासीलाई स्वागतको लागि ललायित रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…